ललितपुर महानगरमा कांग्रेसका चिरिबाबु महर्जन दोस्रो कार्यकालका लागि मेयर बनेका छन्।
Advertisement
ललितपुरमा मंगलबार मत गणनामा सकिएको हो। महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरे। उनी शुरुदेखि नै अग्रतामा थिए।
उपमेयरमा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पराजित गरिन्। महर्जनले ४० हजारभन्दा बढी भोट ल्याउँदा व्यञ्जनाकारले २३ हजार भोट पाएका थिए।