काठमाडौँ । स्थानीय तह निर्वाचनको मत परिणामअनुसार काभ्रेमा नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो भएको छ ।
जिल्लामा कांग्रेसले सात पालिकामा जित हात पार्दा माओवादी केन्द्र चार रनेकपा एकीकृत समाजवादी एक तथा नेकपा एमालेले पनि एक स्थानमा अध्यक्षमा विजयी भएको हो ।
कांग्रेसले जिल्लाको बनेपा, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकामा प्रमुख पदमा विजयी हासिल गरेको छ । यस्तै, रोशी, तेमाल र बेथानचोक गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएको छ ।
यसैगरी कांग्रेस धुलिखेल र मण्डनदेउपुरमा उपप्रमुख तथा महाभारत, खानीखोला, भुम्लु र चौरीदेउरालीमा उपाध्यक्ष पदमा विजयी भएको छ । नेकपा माओवादी केन्द्र खानीखोला, चौरीदेउराली, महाभारत र भुम्लु गाउँपालिकाको अध्यक्ष पदमा र र उपप्रमुख पदमा नमोबुद्ध नगरपालिकामा विजयी हासिल गरेको छ ।
एमाले प्रमुख पदमा धुलिखेल र उपप्रमुख पदमा बनेपा, पनौती र पाँचखाल नगरपालिकामा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीले मण्डनदेउपुर नगरपालिकाको प्रमुख पदमा विजयी हासिल गरेको छ ।
वडागत हिसाबमा पहिलो पार्टी कांग्रेस, दोस्रोमा एमाले, तेस्रोमा माओवादी केन्द्र र चौथोमा एकीकृत समाजवादी रहेको छ ।