• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुनचाँदीको मूल्यमा वृद्धि

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

विश्‍व घटना : सामाजिक सञ्‍जाल बन्द गर्ने ओली सरकारको निर्णयले निम्त्यायो बितण्डा

राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. बड्का भलमन्साको विलाप !

  • ३. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ४. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ५. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • ६. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ८. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ९. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

  • १०. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व


    Avatar photo
बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित

कपिलवस्तु-  कपिलवस्तुका महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन छठ्ठी पर्व मनाएका छन् ।

Advertisement

घर नजिकै कुश रहेको ठाउँमा गएर उहाँहरुले पूजापाठ गरी तीन छठ्ठी पर्व मनाएका हुन् । पूजापाठका लागि उहाँहरु कपिलवस्तु नगरपालिका–६ स्थित निगालीकोटमा पुगेका थिए ।

पर्वका दिन बिहानै व्रतालु महिलाले महुवाको दतिवनले दाँत माझ्ने चलन छ । सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी ब्रत, पुजापाठ र भजनकीर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन् ।

कपिलवस्तु नगरपालिका–६ थुम्हवी व्रतालु ज्ञानमती बरईले छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनी यो व्रत राख्ने चलन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस पर्वमा घासे कुश, महुवा र तिन्नी नाम गरेको चामल को पूजापाठ गरी आफ्ना छोरालाई टीका टालो गर्ने गरिन्छ”, उहाँले तीन छठ्ठी माताको व्रत बस्ने परिवार कै फलिफात हुने विश्वास व्यक्त गर्नुभयो ।

कपिलवस्तु नगरपालिका–६ की व्रतालु नन्दनी यादवले तीन छठ्ठी पर्व छोरा भएका महिलाले मनाउने गरेको बताउनुभयो । अर्का व्रतालु माया कलवारले तिन छठ्ठी माईले जसको मनोकमना पूरा गर्नुहुन्छ । त्यसले यो पर्व मनाउने गरेको बताउनुभयो ।

उपवास सकेपछि हलो नजोतिएको खेतको अन्न अर्थात (तिन्नीको भात) जङ्गली धानको चामलको भात र साग खाएर महिलाले व्रत गर्ने गर्दछन् । व्रतका बेला कुशसँगै देवीहरुको मन्दिर पूजाआजा गर्ने प्रचलन छ । पूजाका लागी चिनी नहालेको दही, हर्दी, चामल महुवा र चनाकालाई एकै ठाउँमा मुछेर प्रसाद बनाइन्छ । वैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए । तर पोखरीमा पानी नआए पछि उहाँले आफ्नो नातीको बली दिए पश्चात पोखरीमा पानी निस्किएको थियो ।

त्यसपछि राजाकी बुहारीले तीन छठ्ठी देवीको व्रत राख्दा पुनः राजाको नाती जीवित भएको प्रसङ्ग जोडी यो व्रत गर्ने प्रचलन रही आएको छ । विशेष गरी कुशको पूजा गर्नका लागि व्रतालु महिला निगालिकोट, तौलिहवास्थित प्रहरी कार्यालयबाहिर र नेपाली सेनाको ब्यारेक, २४ हजार नहरलगायत कुश भएका विभिन्न स्थानमा पुगेका थिए ।

बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा वृद्धि
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    सुनचाँदीको मूल्यमा वृद्धि

  • २.
    फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

  • ३.
    डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

  • ४.
    जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

  • ५.
    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

  • ६.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ७.
    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

  • ८.
    विश्‍व घटना : सामाजिक सञ्‍जाल बन्द गर्ने ओली सरकारको निर्णयले निम्त्यायो बितण्डा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.