• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : ड्रग ओसार्ने पानीजहाजमा अमेरिकी आक्रमण

राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री

ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश

मध्यपूर्वको बढ्दो तनावले तेल बजार र सेयर बजार प्रभावित

युक्रेनमा रूसी आक्रमण, १२ जनाको मृत्यु २१ घाइते

न्युयोर्कमा छुरा प्रहार, एक जनाको मृत्यु, एक घाइते

भोटेकोशी बाढीः रसुवामा ६६ वटा शव फेला

प्रतिनिधिसभा बैठक बुधबार बस्दै

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ३. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ४. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ५. बड्का भलमन्साको विलाप !

  • ६. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ७. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • ८. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ९. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • १०. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

युक्रेनमा रूसी आक्रमण, १२ जनाको मृत्यु २१ घाइते


    Avatar photo
मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित

युक्रेन- रूसले किएभ लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको युक्रेनले मङ्गलबार बताएको छ ।

Advertisement

मस्कोले पछिल्लो समयममा किएभमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ, आक्रमणको साढे चार वर्ष भन्दा लामो समय पछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन ।

हप्तौँको आक्रमणपछि किएभले सुरक्षा कडा पारेको छ र राजधानीमा मङ्गलबार करिब एक दर्जन चर्को विस्फोट हुनुका साथै आकाशमा पनि आक्रमणको प्रभाव देखिरहेको एएफपीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आतङ्क को निन्दा गर्दै मृतकहरूमध्ये एक भारतीय नागरिक रहेको बताउनुभएको छ । उहाँले यस समयमा युक्रेनको हवाई रक्षालाई थप शक्तीशाली बनाउनका आवाश्यक सहयोग बढाउन सहयोगीहरूलाई आह्वान गर्नुभएको छ ।

अधिकारीहरूका अनुसार पीडितहरू मध्ये आठ जना किएभमा मारिएका थिए भने तीमध्ये अधिकांश रेलका कामदारहरू थिए जसको ब्यालिस्टिक मिसाइल रेल डिपोमा ठोक्किएपछि मृत्यु भएको थियो ।

युक्रेनी रेलवेका प्रमुख कार्यकारी ओलेक्सान्डर पेर्टसोव्स्कीले कम्पनीका ६ जना कर्मचारीको रूसी आक्रमणमा मृत्यु भएको बताउनुभएको छ ।

आक्रमणले व्यापक विनाश निम्त्याएको जनाउँदै कार्यस्थलको पूर्ण विनाश भएको र केही स्थानहरूमा आगलागी भएको उहाँले बताउनुभएको छ ।

बोरिस्पिलको उपनगरमा एउटा आवासीय भवनमा क्षति पुगेको जनाउँदै युक्रेनी अधिकारीहरूले घोषणा गरेअनुसार किएभ क्षेत्रमा अन्य चार जनाको मृत्यु भएको छ ।

जेलेन्स्कीले बोरिस्पिलको भवनबाट ५० जनालाई बाहिर निकालिएको बताउनुभएको छ । युक्रनी हवाई रक्षा क्षमताहरू कमजोर भएकाले रूसले हिसांम्मक आक्रमण जारी राखी मानिसहरूको जीवन प्रभावित भनाई रहेको सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ ।

युरोपियन युनियनका रक्षा र विदेश मन्त्रीहरू मङ्गलबारदेखि आयरल्यान्डमा भेला हुने भएका छन् किएभ माथि क्रेमलिनले आफ्नो हवाई अभियानलाई बढाइरहेको छ ।

युक्रेनको सीमा सेवाले मस्कोले नेटो–सदस्य रोमानियासँगको सीमामा रहेको नाकामा सोहि प्रकारको ड्रोन आक्रमण गरेको थियो ।

रोमानियाले यस वर्ष दुई पटक आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्ने रूसी ड्रोनलाई गोली हानेर खसालेको घोषणा गरेको छ ।

युक्रेनी अधिकारीहरूले मस्कोले जापोरिझियामा प्रहार गर्दा चार जना घाइते भएको र दक्षिणी ओडेसा क्षेत्रमा आक्रमण गरेको बताएका छन् ।

रूसको रक्षा मन्त्रालयले आफ्नो सेनाले लामो दूरीको हतियार र आक्रमण ड्रोन प्रयोग गरेर आक्रमण गरेको बताएको छ ।

आक्रमणले किएभ र वरपरका क्षेत्रमा सैन्य–औद्योगिक र इन्धन र ऊर्जा सुविधाहरूलाई लक्षित गरेको बताइएको छ ।

मन्त्रालयले ओडेसा क्षेत्र र ओडेसा र चोर्नोमोस्र्कका बन्दरगाहहरूमा पूर्वाधारमा प्रहार गरेको पनि बताएको छ ।

युक्रेनी वायु सेनाले किएभ र यस क्षेत्रमा ब्यालिस्टिक हतियार र आक्रमणका अन्य माध्यमहरूको खतरा जारी रहेको चेतावनी दिदै स्थानीय बासिन्दाहरूलाई सुरक्षित आश्रयमा रहन आग्रह गरेको थियो ।

युक्रेनी केटाकेटीहरू मङ्गलबार जाने बताउँदै किएभ क्षेत्रीय सैन्य प्रशासनले उच्च जोखिममा रहेका क्षेत्रहरूमा ठुला घटनाहरू हुन नहुने चेतावनी दिएको छ ।

किएभ र यसको वरपरका क्षेत्रहरू हालैका हप्ताहरूमा रूसी आक्रमणहरूबाट निरन्तर दबाबमा आएका छन् भने जेटबाट–सञ्चालित ड्रोनहरूले खतरा थपेको चेतावनी दिएको छ ।

एक सप्ताहन्तमा राजधानीको उपनगरमा एउटा गोलाबारुद भण्डारमा भएको आक्रमणमा ३८ जनाको मृत्यु भएको थियो ।

दुवै पक्षले पछिल्लो समयमा गोदामहरू, व्यवसायहरू र तेल र बन्दरगाह सुविधाहरूका साथै जहाजहरू जस्ता पूर्वाधारहरूलाई लक्षित गर्दै लामो दूरीका आक्रमणहरू बढाउँदा नागरिक हताहती बढेको जनाइएको छ ।

युक्रेनले अवरोधक मिसाइलहरूको अभावको सामना गरिरहदा विशेष गरी ब्यालिस्टिक खतराहरू विरुद्धको प्रयोगका लागि अमेरिकी निर्मित प्याट्रियट प्रणालीहरूको अभाव रहेको जनाइएको छ ।

मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : ड्रग ओसार्ने पानीजहाजमा अमेरिकी आक्रमण
राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह
जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
मध्यपूर्वको बढ्दो तनावले तेल बजार र सेयर बजार प्रभावित
न्युयोर्कमा छुरा प्रहार, एक जनाको मृत्यु, एक घाइते

भर्खरै

  • १.
    विश्‍व घटना : ड्रग ओसार्ने पानीजहाजमा अमेरिकी आक्रमण

  • २.
    राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ३.
    जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री

  • ४.
    ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश

  • ५.
    मध्यपूर्वको बढ्दो तनावले तेल बजार र सेयर बजार प्रभावित

  • ६.
    युक्रेनमा रूसी आक्रमण, १२ जनाको मृत्यु २१ घाइते

  • ७.
    न्युयोर्कमा छुरा प्रहार, एक जनाको मृत्यु, एक घाइते

  • ८.
    भोटेकोशी बाढीः रसुवामा ६६ वटा शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.