• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

‘पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन

बाढीमा बेपत्ता आफन्तको खोजीको कहर

भोटेकोशी बाढीः मृतक सङ्ख्या ७३४ पुग्यो, २६ सय ९९ को उद्धार

भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • ३. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ४. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ५. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ६. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ७. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ८. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ९. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • १०. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

बाढीमा बेपत्ता आफन्तको खोजीको कहर


    Avatar photo
आइतबार, भदौ १४, २०८३ मा प्रकाशित

काठमाडौ- भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तहरूको खोजीमा उनीहरुका परिवारजन यहाँका विभिन्न अस्पताल र प्रहरी कार्यालयमा तस्बिरसहित भौँतारिरहेका छन्।

Advertisement

बितेका पाँच दिनदेखि उनीहरुको खोजी जारी छ भने हराएकाहरुलाई जीवितै भेटिने आशा मरेको छ तर खोजीलाई निरन्तरता दिइरहेका छन्।

भदौ १० गतेदेखि नै नुवाकोट र रसुवाको सीमामा पर्ने बेत्रावतीकी उमा गोले र उनका छोराछोरी बाढीपछि बेपत्ता छन्। उनकी बहिनी बिमा गोले दिदी र भान्जाभान्जीको खोजीमा विभिन्न निकाय तथा स्थानमा पुगिरहेकी छन्।

दिदी कसरी बेपत्ता भइन् र अहिले उनीरूको अवस्था के छ भन्नेबारे बिमालाई कुनै जानकारी छैन। दिदीको खोजीका लागि उनी आफन्तका तस्बिर बोकेर विभिन्न स्थानमा पुगिरहेकी छन्। दिदीबारे कुरा गर्दा उनी भावुक हुन्छिन्। बोल्दाबोल्दै भक्कानिन्छिन्।

“दिदी र छोराछोरीको केही खबर पाइन्छ कि भन्ने आशामा यताउता खोज्दै हिँडेकी छु,” यति भन्दै गर्दा उनको आँसु थामिएन। बिमा गोलेका अनुसार भदौ १० गते प्रकोप आउनुअघि बिहान ९ बजेर १४ मिनेटसम्म उमा गोलेसँग फोन सम्पर्क भएको थियो। “भाग, भाग, भाग्नुपर्छ” भन्दै कुराकानी भइरहेका बेला एकाएक फोन सम्पर्क टुटेको उनले लामो श्वास तान्दै बताउइन् त्यसपछि उमासहित उनका छोराछोरीको कुनै खबर आएको छैन।

“जीवित भेटिने आशा कम हुँदै गएको छ, तर कतै भेटिन्छन् कि भन्ने आशा अझै मरेको छैन”, बिमाले बताइन्।

त्यस्तै, दाङ घर भएकी धनसरी नेपाली रसुवागढीमा बाढीका क्रममा बेपत्ता भएका आफ्ना २६ वर्षीय छोरा निरज नेपालीको खोजीमा विभिन्न स्थानमा पुगिरहेकी छन्। रसुवागढीमा जेसीबी चालकका रूपमा कार्यरत निरज बाढीपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन्। छोराको खोजीमा आमा धनसरी विभिन्न निकाय र सम्भावित स्थानमा पुगेर बिलौना गरिरहेकी छन्।

बर्दियाका शिवबहादुर थारू पनि रसुवाको मैलुङबाट बेपत्ता भएका छन्  उनको खोजीमा भाइ सुमावीर थारू विभिन्न स्थानमा पुगिरहेका छन्। बाढीमा सर्वसाधारणसँगै सुरक्षाकर्मीसमेत बेपत्ता भएका छन्। टिमुरे प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सम्राट शेर्पा बाढीका बेला प्रहरी भ्यानसहित बेपत्ता भएका हुन्।

रामेछापको गोकुलगङ्गा-३ घर भएका शेर्पाको खोजीका लागि उनका काका गणेश शेर्पाले शिक्षण अस्पताल, धुन्चे, जिल्ला प्रहरी कार्यालयलगायत विभिन्न स्थानमा खोजी गरिरहेका छन्। गणेशका अनुसार आफन्तहरूको टोलीलाई सम्भव भएसम्म त्रिशूलीसम्म पठाइएको छ। रसुवा जान सक्ने अवस्था नरहेकाले चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा समेत खोजीका लागि मानिसहरू पठाइएको तर अहिलेसम्म सम्राटको कुनै खबर प्राप्त हुन नसकेको उनले बताए।

त्यसैगरी, रामेछापका धनलाल तामाङ आफ्ना आफन्त दलबहादुर तामाङको खोजीमा छन्। ककनी गाउँपालिका-३, नुवाकोट निवासी दलबहादुर रसुवागढी भन्सारमा कार्यरत थिए। बाढी आएको दिनदेखि उनी पनि बेपत्ता छन्। भोटेकोशीको बाढीले धेरै परिवारलाई शोक, पीडा र अनिश्चितताको अवस्थामा पुर्‍याएको छ। बेपत्ता आफन्तको खोजीमा परिवारजन अस्पतालदेखि नदी किनारसम्म पुगिरहेका छन्। समय बित्दै जाँदा आशा कमजोर बन्दै गए पनि आफ्ना प्रियजन कतै जीवित भेटिने विश्वास उनीहरूले अझै त्यागेका छैनन्।

आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह
बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
‘पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’
केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल
भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन

भर्खरै

  • १.
    सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

  • २.
    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

  • ३.
    उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

  • ४.
    ‘पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’

  • ५.
    केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

  • ६.
    भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन

  • ७.
    बाढीमा बेपत्ता आफन्तको खोजीको कहर

  • ८.
    भोटेकोशी बाढीः मृतक सङ्ख्या ७३४ पुग्यो, २६ सय ९९ को उद्धार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.