काठमाडौं महानगरमा जारी मत गणनामा एमालेका केशव स्थापित तेस्रो स्थानमा निरन्तर टिकेका छन्।
Advertisement
उनी कांग्रेसकी सिर्जना सिंहभन्दा ८५४ मतले पछि पर्दै निरन्तर तेस्रो स्थान सुरक्षित गरेका हुन्।
कांग्रेसकी सिर्जनाले २९ हजार १८० मत पाइसकेकी छन्। स्थापितले २८ हजार ३२६ मतसहित उनलाई पछ्याइरहेका छन्।
पहिलो स्थानमा बालेन्द्र शाह फराकिलो अग्रतासहित उभिएका छन्। बालेनले ४८ हजार ८९ मत पाइसकेका छन्। उनी कांग्रेसकी सिर्जनाभन्दा १८ हजार ९०९ तथा एमालेका स्थापितभन्दा १९ हजार ७६३ मतान्तरले अगाडि छन्।