भरतपुर महानगरमा कांग्रेसका बागी मेयर उम्मेदवार जगन्नाथ पौडेलले झण्डै १४ हजार मत पाउँदा गठबन्धनबाट माओवादीकी रेनु दाहालले एमालेका विजय सुवेदीभन्दा १० हजार ८९४ को मतान्तर बनाएकी छन्।
Advertisement
पछिल्लो मत परिणामअनुसार रेनुले ४५ हजार ८८७ मत पाएकी छन्। उनलाई एमालेका सुवेदी ३४ हजार ९९३ मत पाएका छन्। तेस्रोमा जगन्नाथले १३ हजार ९३७ मत प्राप्त गरेका छन्।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४६ हजार ९१३ मत पाएका छन्। उनकी प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २७ हजार ५५५ मतसहित अधिकारीलाई पछ्याइरहेकी छन्।