झापा । जिल्लाको गौरादह नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । १२ हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भए ।
Advertisement
उनले नेपाली कांग्रेसका उम्मेदवार रोहित कुमार शाहलाई पराजित गरेका हुन् । शाहले ११ हजार ४४८ मत प्राप्त गरेका थिए । शाह यसअघि सोही नगरको नगर प्रमुख पदमा निर्वाचित भएका थिए ।
उपप्रमुखमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी भएकी छन् । राजवंशीले ११ हजार ९१४ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पलाल ढकाललाई पराजित भए । ढकालले १० हजार ३४८ मत प्राप्त गरे ।