• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

एमालेको काँधमा चढेर कांग्रेसले भत्कायो माओवादीको गढ


    Avatar photo
सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रममा जारी छ । धेरैजसो जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

Advertisement

जसमा नेकपा माओवादी केन्द्रको आधार इलाका मानिने रुकुम पश्चिमको सबै पालिकाका परिणाम सार्वजनिक भइसकेको छ । अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्लासमेत रहेको रुकुम पश्चिममा नेकपा एमालेले कुनै पालिकामा जित निकाल्न सकेन ।

कूल ६ वटा पालिका रहेको यस जिल्लामा चार वटामा माओवादी केन्द्रले जित हात पार्दा दुई वटा पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । तर, विं.सं. २०७४ सालको स्थानीय निर्वाचनमा यस जिल्लाको सबै पालिकामा माओवादी केन्द्रमा उम्मेदवार विजयी भएका थिए ।

यसपटकको निर्वाचनमा सत्ता गठबन्धनभित्रकै दलहरू कांग्रेस र माओवादी केन्द्र रुकुम पश्चिममा प्रतिस्पर्धी देखिए । जसमा माओवादीले चार पालिकामा जित्दै पहिलो पार्टी बन्न सफल भए । तर, दुई पालिकाको नेतृत्व गुमाउन पुगे ।

यसपटकको निर्वाचनमा कांग्रेसले माओवादीबाट मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको प्रमुख खोस्न सफल भयो । यस क्रममा कांग्रेसले एमालेको साथ लिए ।

गठबन्धन दलको शीर्ष नेताहरूको सहमतिविपरीत जिल्ला तहका कांग्रेस–एमालेका नेताहरू एक हुँदा माओवादी पराजित बन्न पुगे । अर्थात एमालेको काँधमा चढेर कांग्रेसले रुकुम पश्चिमबाट माअ‍ोवादीसँग दुई पालिका प्रमुख जित्न सफल भएको छ ।

मुसिकोटको प्रमुखमा कांग्रेसका महेन्द्र केसी विजयी हुँदा माओवादी केन्द्रका बसन्तकुमार शर्मा जम्मा १३ मतले पराजित बन्न पुगे ।

यहाँ कांग्रेस–एमाले एक हुँदा माओवादी–समाजवादीको गठबन्धन भएको थियो । यस्तै, यस पालिकामा पहिलोपटक ६ वडा वडामा समेत कांग्रेसका उम्मेदवार विजयी हुन पुगे ।

यस्तै, बाँफिकोट गाउँपालिकामा पनि कांग्रेस विजयी हुँदा माओवादी पराजित बन्न पुग्यो । कांग्रेसका जनककुमार बाँठा पालिका अध्यक्षमा विजयी हुँदा माओवादीका चन्द्रबहादुर केसी जम्मा ३१ मतान्तरले पराजित भए ।

यस्तै, उपाध्यक्षमा भने माओवादी केन्द्रकै उम्मेदवार विजयी भए । माओवादीकी तारा बुढा केसीले कांग्रेसकी नन्दाकुमारी नाथलाई पराजित गरेकी हुन् । यस पालिकामा पनि कांग्रेस–एमालेले माओवादीका विरुद्ध गठबन्धन गरेको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा यस पालिकाको सबै तहमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए ।

  • उम्मेदवार
सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.