काठमाडौँ । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरले अगाडि रहेका छन् ।
Advertisement
कूल एक लाख १६ हजार ८८५ मत गणना हुँदा बालेनले ४१ हजार २७९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ८५५ मत पाएकी छन् । सिंहभन्दा बालेन १७ हजार ४२४ मतले अगाडि रहेका छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार २४ मत पाएका छन् । उनी सिंहभन्दा ८३१ मतले पछाडि रहेका छन् ।