• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मानवताको रगतले जोगिएको रेडक्रसको गौरव : अन्तर्राष्ट्रिय जगतमा नेपालका स्वयंसेवी रक्तवीरहरूको मौन अभियान

झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

विश्‍व घटना : अमेरिकी र्‍यापरलाई १० लाख डलर जरिवाना

राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

पाँच जना फरार प्रतिवादी पक्राउ

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ७. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ८. झटारो : भाइरल बडका भलमन्सा !

  • ९. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • १०. इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना


    Avatar photo
शनिबार, साउन २३, २०८३ मा प्रकाशित

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

Advertisement

कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका पहाडी भागका धेरै तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मध्यमको वर्षा हुने सम्भावना छ । साथै, तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति देशभर साधारणतया बदली रहने छ भने हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

शनिबार, साउन २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
मानवताको रगतले जोगिएको रेडक्रसको गौरव : अन्तर्राष्ट्रिय जगतमा नेपालका स्वयंसेवी रक्तवीरहरूको मौन अभियान
झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !
विश्‍व घटना : अमेरिकी र्‍यापरलाई १० लाख डलर जरिवाना
राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता
पाँच जना फरार प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

  • २.
    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

  • ३.
    मानवताको रगतले जोगिएको रेडक्रसको गौरव : अन्तर्राष्ट्रिय जगतमा नेपालका स्वयंसेवी रक्तवीरहरूको मौन अभियान

  • ४.
    झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ५.
    विश्‍व घटना : अमेरिकी र्‍यापरलाई १० लाख डलर जरिवाना

  • ६.
    राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ७.
    पाँच जना फरार प्रतिवादी पक्राउ

  • ८.
    सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.