• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मानवताको रगतले जोगिएको रेडक्रसको गौरव : अन्तर्राष्ट्रिय जगतमा नेपालका स्वयंसेवी रक्तवीरहरूको मौन अभियान

झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

विश्‍व घटना : अमेरिकी र्‍यापरलाई १० लाख डलर जरिवाना

राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

पाँच जना फरार प्रतिवादी पक्राउ

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ७. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ८. झटारो : भाइरल बडका भलमन्सा !

  • ९. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • १०. इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

विश्‍व घटना : अमेरिकी र्‍यापरलाई १० लाख डलर जरिवाना


    Avatar photo
शनिबार, साउन २३, २०८३ मा प्रकाशित

काठमाडौं- आज ८ अगस्ट। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९०८- राइट ब्रदर्सद्वारा फ्लाइङ मेसिनको पहिलो प्रदर्शन

सन् १९०८ मा आजकै दिन राइट दाजुभाइले आफ्नो फ्लाइन मेसिन पहिलोपटक सार्वजनिक प्रदर्शन गरेका थिए। मानव हवाई उडानका यी दुई पायोनियरले सन् १९०३ मा पहिलो सफल उडान गरेका थिए। र, त्यसको ५ वर्षपछि आफूले विकास गरेको फ्लाइङ मेसिन सार्वजनिक गरेका थिए। फ्रान्सको ‘ले म्यान्स’को रेसकोर्समा उनीहरूले पहिलोपटक उक्त मेसिन सार्वजनिक गरेका हुन्। विल्भर राइटले गरेको उक्त उडान १ मिनट ४५ सेकेन्डको थियो।

– सन् १९६७- आसियानको स्थापना

दक्षिणपूर्वी एसियाली राष्‍ट्रहरूको संगठन आसियान आजकै दिन स्थापना भएको हो। यो एक आर्थिक तथा राजनीतिक संगठन हो। इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर र थाइल्यान्डका राष्‍ट्र-सरकार प्रमुखहरूले बैंकक घोषणा पत्रमा हस्ताक्षर गर्दै उक्त संगठन स्थापना गरेका थिए। संगठनको उद्देश्य क्षेत्रीय शान्ति तथा स्थिरतालाई बढावा दिनु तथा क्षेत्रमा आर्थिक विकासलाई प्रोत्साहित गर्नु हो। अहिले आसियानमा १० वटा मुलुक सदस्य छन्।

– सन् १९६९- २०औं शताब्दीकै उत्कृष्‍ट फोटो

सन् १९६९ मा आजकै दिन फोटोग्राफर इयान म्याकमिलनले सांगीतिक ब्यान्ड बिटल्सको आइकोनिक तस्बिर खिचेका थिए। उक्त तस्बिरलाई २०औं शताब्दीकै उत्कृष्‍ट फोटो मानिएको थियो। उक्त तस्बिर बेलायतको राजधानी लन्डनको एबी रोडमा खिचिएको थियो। र, तस्बिरमा ब्यान्डका सबै सदस्य जेब्रा क्रसबाट सडक पार गर्दै गरेको देख्‍न सकिन्छ। बिटल्स ब्यान्डले उक्त तस्बिर आफ्नो ११औं एल्बममा प्रयोग गरेको थियो।

– सन् १९७४- अमेरिकी राष्‍ट्रपति रिचर्ड निक्सनको राजीनामा

सन् १९७४ मा आजकै दिन तत्कालीन अमेरिकी राष्‍ट्रपति रिचर्ड निक्सनले पदबाट राजीनामा घोषणा गरेका थिए। वाटरगेट काण्डमा मुछिएको पुष्‍टि भएपछि उनले राजीनामा दिएका थिए। उनी अमेरिकाका ३७औं राष्‍ट्रपति थिए। अमेरिकी संसदले उनीविरुद्ध महाभियोग लगायो। र, उनी भ्रष्‍टाचार काण्डमा मुछिएर पदबाट राजीनामा दिने पहिलो अमेरिकी राष्‍ट्रपति बने।

– सन् १९८८- म्यानमारमा ‘८८८ विद्रोह’

सन् १९८८ मा आजकै दिन म्यानमारमा ‘८८८ अपराइजिङ’ शुरु भएको थियो। राजधानी याङगुनमा लोकतन्त्र समर्थक विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। जनरल ने विनको सैन्य शासनविरुद्ध उक्त विद्रोह भएको थियो। करिब एक महिना विरोध प्रदर्शन जारी रह्यो। र, सैनिक सरकारले त्यसमाथि निर्मम दमन गर्‍यो। ८ अगस्ट १९८८ मा शुरु भएकाले त्यसलाई ‘८८८ विद्रोह’ संज्ञा दिइएको थियो।

– सन् २०१९- ५ रुसी वैज्ञानिकको रहस्यमय मृत्यु

सन् २०१९ मा आजकै दिन रुसका ५ जना परमाणु वैज्ञानिकहरू मृत फेला परेका थिए। रुसको बन्द शहर सरोभसिथत परमाणु हतियार परीक्षण स्थलमा एक रहस्यमय परमाणु दुर्घटनामा उनीहरू मारिएका थिए।

– सन् २०२२- दक्षिण कोरियामा ८० वर्षयताकै ठूलो वर्षा

सन् २०२२ मा आजकै दिन दक्षिण कोरियामा ८० वर्षयताकै ठूलो वर्षा रेकर्ड भएको थियो। १४१.५ मिलिमिटरको दरमा वर्षा रेकर्ड भएको थियो। राजधानी सोललगायत क्षेत्र वर्षाबाट प्रभावित भएका थिए। त्यस क्रममा कम्तिमा ८ जना मारिएका थिए।

– सन् २०२३- कोलम्बियन ड्रग डिलरलाई ४५ वर्ष जेल

दक्षिण अमेरिकी मुलुक कोलम्बियाका कुख्यात ड्रग डिलर डायरो एन्टोनियो युसुगालाई आजकै दिन ४५ वर्षको जेल सजाय सुनाइएको थियो। उनलाई ‘संसारकै खतरनाक ड्रग ट्राफिकर’ उपनाम दिइएको थियो। अमेरिकी अदालतले उनलाई सजाय सुनाएको थियो।

– सन् २०२५- अमेरिकी र्‍यापरलाई १० लाख डलर जरिवाना

सन् २०२५ मा आजकै दिन अमेरिकी र्‍यापर सान किंग्स्टनलाई साउथ फ्लोरिडामा १० लाख डलर जरिवाना गराइएको थियो। धोकाधडीको मुद्दामा उनी दोषी देखिएका थिए। उनले ठगी गरेर लग्जरी सामान, गरगहना र एक बुलेटप्रुफ क्याडेलिक इस्केलेड जोडेको प्रमाण फेला परेको थियो।

शनिबार, साउन २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
मानवताको रगतले जोगिएको रेडक्रसको गौरव : अन्तर्राष्ट्रिय जगतमा नेपालका स्वयंसेवी रक्तवीरहरूको मौन अभियान
झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !
राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता
पाँच जना फरार प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

  • २.
    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

  • ३.
    मानवताको रगतले जोगिएको रेडक्रसको गौरव : अन्तर्राष्ट्रिय जगतमा नेपालका स्वयंसेवी रक्तवीरहरूको मौन अभियान

  • ४.
    झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ५.
    विश्‍व घटना : अमेरिकी र्‍यापरलाई १० लाख डलर जरिवाना

  • ६.
    राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ७.
    पाँच जना फरार प्रतिवादी पक्राउ

  • ८.
    सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.