काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन मत परिणाम सार्वजनिक हुने क्रममा जारी छ । यस क्रममा ११ उपमहानगरमध्ये ८ वटाको मत परिणाम सार्वजनिक भइसकेको छ ।
सार्वजनिक भएको उपमहानगरपालिकाको मत परिणामअनुसार सबैभन्दा बढी नेपाली कांग्रेसले तीन स्थानमा जित हात पारेको छ । यस्तै, स्वतन्त्र उम्मेदवारहरूले एक ठाउँमा विजयी हुँदा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजावादी दलले एक–एक ठाउँमा जितेको छ ।
यस्तै, दोस्रो स्थानमा रहेका नेकपा एमालेले दुई स्थानम जितेको छ । मत परिणाम आउन बाँकी रहेको तीन उपमहानगरमा तुलसीपुरमा एमालेको अग्रता रहेको छ ।
यसैगरी, धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ अगाडि रहेका छन् भने जनकपुरमा स्तवन्त्र उम्मेदवार मनोजकुमार साह सुडी अगाडि रहेका छन् ।
कुन उपमहानगरमा कस्को जित ?
१, धनगढी उपमहानगर
मेयर : गोपाल हमाल (स्वतन्त्र)
उपमेयर : नेकपा माओवादी केन्द्र
२, इटहरी उपमहानगर
मेयर : नेपाली कांग्रेस
उपमेयर : नेकपा एमाले
३, हेटौँडा उपमहानगर
मेयर : नेकपा एकीकृत समाजवादी
उपमेयर : नेपाली कांग्रेस
४, घोराही उपमहानगर
मेयर : नेकपा एमाले
उपमेयर : नेकपा एमाले
५, जितपुर सिमरा उपमहानगर
मेयर : नेकपा माओवादी केन्द्र
उपमेयर : नेकपा एमाले
६, बुटवल उपमहानगर
मेयर : नेपाली कांग्रेस
उपमेयर : नेकपा एमाले
७, नेपालगञ्ज उपमहानगर
मेयर : नेपाली कांग्रेस
उपमेयर : जनता समाजवादी पार्टी
८, कलैया उपमहानगर
मेयर : नेकपा एमाले
उपमेयर : नेकपा एमाले