• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती


    Avatar photo
शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

काठमाडौं- आज ३१ जुलाई। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९९१- अमेरिका र सोभियत संघबीच हतियार न्यूनीकरण सन्धि

सन् १९९१ मा आजकै दिन अमेरिका र तत्कालीन सोभियत संघबीच हतियार न्यूनीकरणसम्बन्धी सन्धि भएको थियो। ‘स्टार्ट-१’ नाम दिइएको उक्त सन्धिले परमाणु हतियार र क्षेप्यास्त्रहरूको संख्या सीमित गरेको थियो। सन् १९९४ मा लागू भएको उक्त सन्धि २००९ मा समाप्त भएको थियो।

– सन् १९९२- नेपालमा थाई विमान दुर्घटनामा ११३ मारिए

सन् १९९२ मा आजकै दिन नेपालमा भएको थाई एयरवेजको विमान दुर्घटनामा त्यसमा सवार सबै ११३ जनाको मृत्यु भएको थियो। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्‍ट्रीय विमानस्थलमा अवतरणका लागि जाँदै गरेको एयरबस ३१०-३०४ विमान नुवाकोटको घ्याङफेदीमा दुर्घटनाग्रस्त भएको थियो।

– सन् १९९८- बारुदी सुरुङमाथि बेलायतको प्रतिबन्ध

सन् १९९८ मा आजकै दिन बेलायतले बारुदी सुरुङमाथि प्रतिबन्ध लगाएको थियो। जनस्तरबाट व्यापक दबाब आएपछि बेलायतको संसदले बारुदी सुरुङमाथि प्रतिबन्ध लगाउने कानून नै पारित गरेको थियो।

– सन् १९९९- अन्तरिक्ष यानलाई जानाजान चन्द्रमामा दुर्घटना गराइयो

सन् १९९९ मा आजकै दिन अमेरिकी अन्तरिक्ष अभियान नासाले जानाजान एक यानलाई चन्द्रमामा दुर्घटना गराएको थियो। डिस्कभरी कार्यक्रमअन्तर्गत पठाइएको लुनर प्रोस्पेक्टरलाई चन्द्र सतहमा जमेको पानी पत्ता लगाउने मिसन पूरा भएपछि त्यहीं दुर्घटना गराइएको थियो।

– सन् २०२३- पहिलो दास फोर्ट फेला

अफ्रिकाका मानिसहरूलाई दास बनाएर युरोप र अमेरिका पुर्‍याउन प्रयोग भएको पहिलो किल्ला आजकै दिन फेला परेको थियो। अफ्रिकी मुलुक घानामा बनाइएको उक्त किल्ला सन् १६३१ मा निर्माण गरिएको थियो। र, त्यसको नाम फोर्ट एम्स्टर्डम राखिएको थियो।

– सन् २०२४- ५ हजार वर्ष पुरानो कृषि बस्ती

अफ्रिकी मुलुक मोरक्कोमा सन् २०२४ मा आजकै दिन ५ हजार वर्ष पुरानो कृषि बस्ती फेला परेको थियो। मोरक्कोको ओएड बेहटमा फेला परेको उक्त बस्ती नवपाषाण युगको भएको पुरातत्त्वविदहरूले बताएका छन्।

शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
झटारो : भाइरल बडका भलमन्सा !
विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त
राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने
सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

भर्खरै

  • १.
    बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    झटारो : भाइरल बडका भलमन्सा !

  • ४.
    विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

  • ५.
    राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ६.
    सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

  • ७.
    राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

  • ८.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.