काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेट गर्नुभएको छ ।
Advertisement
सभापति लामिछानेले आज राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभापति लामिछानेले राष्ट्रपतिलाई समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराउनुभएको थियो ।