काठमाडौं : जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ।
Advertisement
कनकासुन्दरी गाउँपालिका–६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका जुम्लाका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य छ।
कनकासुन्दरी–६ का बिरामी दलविरे ऐडीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो।