• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी


    Avatar photo
शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित

लमजुङ- लमजुङको दूधपोखरी गाउँपालिका–३ ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको सिमानामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको इलामपोखरी क्षेत्र संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ ।

Advertisement

दुई स्थानीय तहको संयुक्त पहलमा २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेको सातकन्यादेवी मन्दिर पुनर्निर्माण भएपछि इलामपोखरीलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानले गति लिएको हो ।

दोर्दी गाउँपालिकाका सिनियर सबइन्जिनियर विश्वास पाँडेका अनुसार सातकन्यादेवी मन्दिर परम्परागत मौलिक शैली कायम राख्दै पुनर्निर्माण भएको छ । तीन मिटर लम्बाइ र तीन मिटर चौडाइ रहेको दुईतले मन्दिरमा १२ वटा सालका थाम र २० वटा चुडाल प्रयोग गरिएको छ भने परम्परागत झिङ्गटीको छानो राखिएको छ ।

मन्दिरको माथिल्लो भागमा करिब आठ किलो तौलको तामाको गजुर जडान गरिएको छ । मन्दिरमा दुईवटा ढोका, तल्लो तलामा दुईवटा झ्याल र माथिल्लो तलामा चारवटा झ्याल निर्माण गरिएको छ । पुरानो संरचनाको मौलिकता कायम राख्दै पुनर्निर्माण गरिएकाले मन्दिरको ऐतिहासिक स्वरूप जोगाइएको पाँडेले बताउनुभयो ।

उहाँका अनुसार मन्दिर पुनर्निर्माणका लागि गणपति कन्स्ट्रक्सन, नुवाकोटसँग रु ७२ लाख ५५ हजारमा सम्झौता गरिएको थियो । बजेट व्यवस्थापनमा भएको ढिलाइ, सडक पहुँचको समस्या तथा निर्माण सामग्री ढुवानीमा देखिएका कठिनाइका कारण तोकिएको समयमा काम सम्पन्न हुन सकेन ।

सो कामका लागि सङ्घीय सरकारबाट रु ४५ लाख बजेट प्राप्त भएको थियो भने बाँकी रकम दूधपोखरी र दोर्दी गाउँपालिकाले आधाआधा व्यहोर्नेगरी काम अघि बढाइएको थियो । समयमै काम सम्पन्न हुन नसक्दा सङ्घीय बजेटमध्ये रु १५ लाखबराबरको मात्र काम भएको र बाँकी रकम फिर्ता गएको पाँडेले बताउनुभयो ।

बाँकी निर्माणकार्यलाई निरन्तरता दिन दुवै गाउँपालिकाले आफ्नै स्रोतबाट बजेट व्यवस्थापन गरी काम सम्पन्न गरेका हुन् । पर्खाल, रेलिङ, मन्दिरमा चढ्ने सिँढी तथा शौचालय फिटिङलगायतका काम समेटिएपछि हाल सम्पन्न योजनाको कुल लागत रु ८३ लाख ६९ हजार ७९ पुगेको उहाँले जानकारी दिनुभयो ।

इलामपोखरी क्षेत्रको समग्र विकासका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कुल लागत रु १० करोड १६ लाख १० हजार ६६ बराबर छ । डिपिआरमा सातकन्यादेवी मन्दिर, शौचालय, सानो गुम्बा, तीनवटा ढङ्गेधारा, चौतारा, स्तूपा, पर्खाल, पार्क, पार्किङ, कम्पाउन्डलगायतका संरचना निर्माण तथा इलामपोखरी ताल संरक्षणका योजना समेटिएका छन् ।

हाल सम्पन्न मन्दिर पुनर्निर्माण र शौचालय निर्माण सोही डिपिआरअन्तर्गतको पहिलो चरणको काम भएको पाँडेले बताउनुभयो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको उद्योग तथा पर्यटनतर्फको बजेटमा इलामपोखरी क्षेत्रको संरक्षण तथा पर्यटन पूर्वाधार विकासका लागि रु २० लाख विनियोजन गरेको छ । उक्त बजेटबाट इलामपोखरी ताल संरक्षण तथा डिपिआरमा समेटिएका बाँकी पूर्वाधार निर्माणका काम क्रमशः अघि बढाइनेछ ।

गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको इलामपोखरी क्षेत्रको संरक्षण, विकास र पर्यटन प्रवर्द्धनका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले इलामपोखरीको विकासले पर्यटक आगमन बढाउनुका साथै लमजुङको पहिचान विस्तार, स्थानीय अर्थतन्त्र चलायमान बनाउन र धार्मिक आस्थाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

इलामपोखरी ताल संरक्षणका थप काम बाँकी छ । पोखरीको पानी विभिन्न स्थानबाट चुहिने समस्या रहेकाले दीर्घकालीन संरक्षणका लागि थप प्राविधिक अध्ययन र संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ । डिपिआरमा समेटिएका पार्क, पार्किङ, गुम्बा, ढुङ्गेधारा, स्तूपा, चौतारालगायत संरचना निर्माण तथा ताल संरक्षणका बाँकी काम बजेट उपलब्धताअनुसार चरणबद्ध रूपमा अघि बढाउने तयारी छ ।

स्थानीय जनश्रुतिअनुसार इलामपोखरीमा सात वर्ष उमेरका दुई कन्याले जलसमाधि लिएपछि देवीको स्वरूप धारण गरेको विश्वास छ । सोही विश्वासका आधारमा यहाँ सातकन्यादेवीको पूजा–आराधना गर्ने परम्परा सुरु भएको स्थानीयवासी बताउँछन् ।

चौबिसे राज्यकालीन समयमा लमजुङ महत्त्वपूर्ण राज्यका रूपमा परिचित थियो । त्यही कालखण्डसँग जोडिएको मानिने इलामपोखरी क्षेत्र धार्मिक आस्थाका दृष्टिले समेत महत्त्वपूर्ण रहेको स्थानीय विश्वास छ ।

सातकन्यादेवी मन्दिरको पुनर्निर्माणले यस क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक विरासत संरक्षण गर्दै नयाँ पुस्तासँग जोड्ने प्रयास गरेको छ । समुद्री सतहदेखि दुई हजार २६० मिटर उचाइमा रहेको इलामपोखरी प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँबाट सूर्योदय, सूर्यास्त तथा विभिन्न हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

इलामपोखरीस्थित सातकन्यादेवी मन्दिरमा पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ । साउन महिनाबाहेक अन्य समयमा यहाँ बलि चढाउने परम्परा छ । चैत शुक्ल पूर्णिमामा ठूलो मेला लाग्ने तथा हरिबोधनी एकादशीका दिन स्थानीय झाँक्रीले फूलमाला चढाउने धार्मिक परम्परा छ ।

स्थानीयवासीका अनुसार बिचौर क्षेत्रका दवाडी र न्यौपाने समुदायले धानको बीउ राख्नुअघि तथा धान काट्नुअघि इलामपोखरीबाट दूधको धारा लगाउने परम्परा अहिले पनि कायम छ ।

दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर घलेले इलामपोखरीसँग आफ्नो बाल्यकालदेखिको भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । सोही पालिका–५ पाँचोक निवासी घलेले बाल्यकालमा गाईवस्तु चराउन इलामपोखरी आसपास पुग्ने गरेको स्मरण गर्दै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको क्षेत्र संरक्षणविहीन अवस्थामा देख्दा मन दुख्ने गरेको सुनाउनुभयो ।

“अहिले म पालिकाको उपाध्यक्षको जिम्मेवारीमा रहँदा यस क्षेत्रको संरक्षण र विकासका काम अघि बढ्न थालेका छन् । यसले व्यक्तिगत रूपमा पनि निकै खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

उहाँले केही वर्षअघि इलामपोखरीमा आयोजना गरिएको मेलामा १५ देखि २० हजारसम्म दर्शनार्थी तथा पर्यटक सहभागी भएको उल्लेख गर्दै पूर्वाधार थप व्यवस्थित गर्नसके यस क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले अझ आकर्षक गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो ।

“अझै सडक, पार्किङ, ताल संरक्षण, प्रचारप्रसार तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्दै जानुपर्छ । इलामपोखरीमात्र होइन, दूधपोखरी, मेमेपोखरी, दाम्राङलगायत दोर्दी गाउँपालिकाका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र पूर्वाधार विकासलाई पनि प्राथमिकताका साथ अघि बढाएका छौँ”, उहाँले भन्नुभयो ।

दूधपोखरी गाउँपालिकाका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले इलामपोखरी दुई गाउँपालिकाको साझा ऐतिहासिक तथा धार्मिक सम्पदा भएकाले संरक्षण र विकासमा दुवै पालिकाले सहकार्य गर्दै आएको बताउनुभयो । उहाँले मन्दिर पुनर्निर्माणका लागि आवश्यक बजेट दुवै गाउँपालिकाले बराबरी व्यवस्थापन गरेको जानकारी दिँदै निर्माण दोर्दी गाउँपालिकामार्फत गरिएको बताउनुभयो ।

“दुई पालिकाबीचको सहकार्यबाट ऐतिहासिक सम्पदाको संरक्षण, धार्मिक पर्यटन विकास र स्थानीय समुदायको आर्थिक गतिविधि विस्तारमा सहयोग पुगेको छ । अब इलामपोखरीको थप संरक्षण, प्रचारप्रसार र आवश्यक पूर्वाधार निर्माणलाई निरन्तरता दिँदै यसलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

यसअघि गण्डकी प्रदेश सरकारले इलामपोखरी क्षेत्रमा पुग्ने पर्यटकका लागि विश्रामस्थल निर्माण गरिसकेको छ । स्थानीय तह, प्रदेश सरकार र समुदायबीचको सहकार्यलाई निरन्तरता दिँदै डिपिआरमा समेटिएका बाँकी योजना चरणबद्ध रूपमा कार्यान्वयन गर्नसके इलामपोखरी दोर्दी र दूधपोखरी गाउँपालिकाको मात्र नभई समग्र लमजुङकै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा छ ।

शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.