कैलाली । जिल्लाको धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् ।
Advertisement
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका निवर्तमान मेयर नृपबहादुर वडलाई हराउँदै हमला विजयी भएका हुन् । आँप चुनाव चिन्हबाट उठेका उनले २६ हजार ८६५ मत पाए । यस्तै, वडले जम्मा १४ हजार ८१७ मत ल्याए ।
उपमेयरमा पनि सत्तागठबन्धन पराजित भएको छ । उपमेयर नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेका उम्मदेवार कन्दकलाकुमारी रानाले १५ हजार ४७९ मत ल्याउँदै विजयी भएका हुन् ।
गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार शान्तिकुमारी अधिकारी क्षेत्रीले १२ हजार ६७० मत ल्याइन् ।