काठमाडौँ । स्थानीय निर्वाचनमा आफ्नो पार्टी एमालेले हारेको नैतिक जिम्मेवारी लिँदै एमाले मकवानपुरका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुने बताएका छन् ।
Advertisement
आफ्नो सामजिक सञ्जाल फेसबुकमार्फत उनले स्टाटस लेख्दै आफ्नो गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा विजयी गराउन नसकेको भन्दै नैतिक रुपमा पार्टीमा नहुने घोषणा गरेका हुन् । उनले जिम्मेवारीमा बस्नु उपयुक्त नभएको भन्दै पार्टीका सबै जिम्मेवारीबाट अलग हुने बताएका हुन् ।
लम्सालले सामजिक सञ्जालमा पाँच बुँदाहरू सार्वजनिक गरेका छन् ।