चितवन भरतपुर महानगरमा माओवादी केन्द्रकी मेयर प्रत्यासी रेनु दाहालले झनै फराकिलो अग्रता कायम राखेकी छन्।
Advertisement
उनले एमालेका विजय सुवेदीसँग ६६ सय ६६ मतको अग्रता बनाएकी छन्। पछिल्लो मत परिणामअनुसार रेनुले ३१ हजार ७६७ मतसहितको अग्रता बनाएकी छन्। एमालेका सुवेदीले २५ हजार १० मतसहित उनलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन्।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३४ हजार ८६ मत पाएका छन्। उनकी प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १९ हजार ४९५ मत पाएकी छन्।