रुसको सेनाले पूर्वी युक्रेनको डोनवासको थप भूभाग नियन्त्रण गर्न आक्रमणलाई तीव्र पारेको छ।
Advertisement
यस क्षेत्रमा रुसले युक्रेनी सेनाको बेसमा आक्रमण गरेको छ। सञ्चार माध्यमका अनुसार रुसी सेनाहरू निरन्तर आक्रमणका लागि अघि बढिरहेका छन् भने युक्रेनी सैन्य बल कमजोर हुँदै गइरहेको छ।
युक्रेनको महत्त्वपूर्ण शहर मारियुपोल कब्जा गरेपछि रुसको मनोबल झन् बढेको छ। मारिउपोलको स्टिल प्लान्टमा लुकेर रुसी सेनासँग लडिरहेका युक्रेनी सैनिकको अन्तिम टोलीले पनि आत्मसमर्पण गरेको छ।