नयाँदिल्ली- भारत बिहारमा हावाहुरी, वर्षा र चट्याङका कारण ३३ जनाको मृत्यु भएको छ।
Advertisement
मुख्यमन्त्री नितिश कुमारले मृतकका आफन्तलाई ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
अत्यधिक वर्षा र चट्याङबाट भएको क्षतिको मूल्याङ्कन गरी पीडित परिवारलाई राहत उपलब्ध गराउने मुख्यमन्त्री कार्यालयले जनाएको छ।