• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

ठमेल पर्यटन विकास परिषद् चुनावी माहोल तातियो : राजभण्डारी र डंगोल प्यानल आमनेसामने, जितको दाबी गर्दै मत माग्दै


मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। आगामी असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार प्रश्रय राजभण्डारी र राजु मान डंगोल नेतृत्वका प्यानलले आफ्नो पक्षमा मत तान्न चुनावी अभियानलाई तीव्र बनाएका छन्।

Advertisement

दुवै प्यानलले व्यवसायीसँग भेटघाट, छलफल तथा चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै आफूहरू नै परिषद्लाई प्रभावकारी नेतृत्व दिन सक्षम रहेको दाबी गरिरहेका छन्। चुनावी प्रतिस्पर्धा यसपटक विशेष रूपमा अध्यक्ष पदमै केन्द्रित देखिएको छ।

प्रश्रय राजभण्डारी नेतृत्वको प्यानलबाट प्रथम उपाध्यक्षमा कृष्ण थपलिया, द्वितीय उपाध्यक्षमा प्रकाश श्रेष्ठ (टाइगर), तृतीय उपाध्यक्षमा रमेश थापा, महासचिवमा पुण्यराम लागेजु, सचिवमा प्रकाश थपलिया तथा कोषाध्यक्षमा रोशन अधिकारी उम्मेदवार रहेका छन्। यस प्यानलबाट ६ जना सदस्य पदमा समेत उम्मेदवारी परेको छ।

त्यस्तै, राजु मान डंगोल नेतृत्वको प्यानलबाट प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावङ तामाङ (दावा), तृतीय उपाध्यक्षमा चेतनाथ पुडासैनी (दीपक), महासचिवमा पशुपति कडेल, सचिवमा दिलीप कडेल (मिलन) तथा कोषाध्यक्षमा किन्चु ल्हामु भुटिया (श्रेष्ठ)उम्मेदवार रहेका छन्। यस प्यानलबाट पनि ८ जना सदस्य पदका उम्मेदवार चुनावी मैदानमा छन्।

अध्यक्ष पदका उम्मेदवार प्रश्रय राजभण्डारीले आफूहरूको टोली अनुभवी, व्यवसायीमैत्री र परिणाममुखी रहेको दाबी गर्दै भने, “ठमेलको पर्यटन, व्यवसाय र परिषद्को संस्थागत विकासलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट योजना हामीसँग छ। सम्पूर्ण सदस्यहरूको विश्वास जितेर परिषद्लाई अझ बलियो, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा अघि बढाउने हाम्रो प्रतिबद्धता छ।” उनले अगाडि भने -“हामी राजनीतिक रंग देखिने गरि चुनावमा लड्न आएका होइनौ, समग्र ठमेल पर्यटनको विकास आफ्नो मुख्य एजेन्डा रहेको छ ।” राज भण्डारी परिषदका निवर्तमान उपाध्यक्ष समेत हुन ।

यता, अध्यक्ष पदका उम्मेदवार राजु मान डंगोलले परिषद्लाई सबै व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “ठमेलको पहिचान, पर्यटन प्रवर्द्धन र व्यवसायीका साझा हितलाई केन्द्रमा राखेर हामी अघि बढेका छौं। सदस्यहरूको विश्वास जित्दै परिषद्लाई अझ सक्रिय, समावेशी र प्रभावकारी बनाउने हाम्रो लक्ष्य हो।” डंगोल यस अघि दुई कार्यकाल महासचिव र उपध्यक्ष रहिसकेका छन।

निर्वाचन नजिकिँदै जाँदा दुवै पक्षले आफ्नो जित सुनिश्चित हुने दाबी गर्दै मतदातासमक्ष विकास, पारदर्शिता, व्यवसायीको हकहित र पर्यटन प्रवर्द्धनका एजेन्डा प्रस्तुत गरिरहेका छन्। अहिले ठमेल क्षेत्रमा चुनावी माहोल दिनप्रतिदिन थप तातिँदै गएको छ।

 

 

मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.