रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नवनिर्वाचित मेयर इस्तियाक अहमद खानले सपथग्रहणपछि पदवहाली गर्दै चाखलाग्दो घोषणा गरेका छन्।
Advertisement
आफूले पाएको नौ हजार १३४ मतबराबर वृक्षरोपण गर्ने घोषणा उनले गरेका हुन्।
कांग्रेसबाट मेयर निर्वाचित खानले नौ हजार १३४ मत ल्याएका थिए। उनले राप्रपाका सागरप्रताप राणालाई पराजित गरेका छन्। राणाले आठ हजार १३७ मत प्राप्त गरेका थिए।