• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान


    Avatar photo
शुक्रबार, असार १२, २०८३ मा प्रकाशित

कैलाली- असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो । रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने हो । तर यसवर्ष कैलालीका अधिकांश किसानका लागि अवस्था त्यसको ठीकविपरीत बनेको छ ।

Advertisement

बोरिङको सहायताले रोपाइँ सम्पन्न गरे पनि लामो समयदेखि वर्षा नहुँदा खेतमा रोपिएका धानका बिरुवा सुक्न थालेका छन् । यसले किसानको चिन्ता दिनप्रतिदिन बढ्दै गएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–८ की किसान पार्वती केसी बिहान–बेलुका खेत पुगेर धानको अवस्था हेर्नुहुन्छ । समय–समयमा आकाशतिर हेर्दै वर्षाको प्रतीक्षा गर्नु अहिले उहाँको दैनिकी बनेको छ ।

“रोपाइँ त बोरिङको पानीले गरियो, तर त्यसपछि पानी नै परेन,” उहाँले भन्नुभयो, “धानका बिरुवा पहेँलिन थालेका छन् । अब केही दिनभित्र पानी परेन भने धेरै क्षति हुन्छ । मेहनत र लगानी सबै खेर जाने चिन्ता छ ।” उहाँका अनुसार अहिले बोरिङमा पानी आउँदैन जसका कारण सिँचाइ गर्न पनि समस्या छ ।

घोडाघोडी नगरपालिका–८ का अर्का किसान डम्बर विष्ट पनि हरेक दिन खेत पुगेर धानको अवस्था नियाल्नुहुन्छ । उहाँले पनि अरूको बोरिङ प्रयोग गरेर प्रति घण्टा पाँच सय रुपैयाँ तिरेर रोपाइँ सम्पन्न गर्नुभएको थियो । रोपाइँपछि एक पटक सिँचाइ गरे पनि वर्षा नहुँदा धान सुक्दै गएको उहाँ बताउनुहुन्छ ।

“बोरिङ चलाउँदा खर्च धेरै हुन्छ । डिजेल र बिजुली दुवै महँगो छ”, उहाँले भन्नुभयो, “कति पटक पानी हाल्ने ? पानी नपर्दा खेत सुक्दै गएको छ । अब वर्षा भएन भने उत्पादनमा ठूलो असर पर्छ ।”

घोडाघोडी नगरपालिका–८ का किसान देशराज चौधरीले यस वर्ष धानखेतीमा मल, बीउ, रोपाइँ र मजदुरीमा ठूलो लगानी गरिसकेको बताउनुभयो । तर समयमै वर्षा नहुँदा त्यो लगानी जोखिममा परेको उहाँको भनाइ छ ।

“हामीले खेती गर्नेबेला सबै खर्च गरिसक्यौँ”, उहाँले भन्नुभयो, “तर अहिले आकाशले साथ दिएको छैन । बोरिङबाट रोपाइँ गरियो, तर सिँचाइका लागि पटक–पटक बोरिङ चलाउन सक्ने अवस्था छैन । खर्च धान्नै गाह्रो भएको छ ।” उहाँका अनुसार भूमिगत पानीको सतह पनि घट्दै गएकाले पहिले सहजै पानी आउने बोरिङबाट अहिले पर्याप्त पानी आउन छाडेको छ । यसले किसानलाई थप समस्यामा पारेको छ ।

कैलालीका अधिकांश किसान बोरिङको भरमा धान रोप्ने गरेका छन् । तर रोपाइँपछि धानको वृद्धि र संरक्षणका लागि आवश्यक सिँचाइ भने वर्षाको पानीमै निर्भर रहने गरेको किसानहरू बताउँछन् । यस वर्ष असार लाग्दासमेत वर्षा नहुँदा खेतमा चिरा पर्न थालेका छन् भने धानका बिरुवाको वृद्धि रोकिएको छ । कतिपय ठाउँमा बिरुवा पहेँलिन थालेका छन् भने केही खेतमा सुक्न थालेको छ ।

रामु बूढाथोकीका अनुसार सुरुमा बोरिङको पानीले सहजै रोपाइँ सम्पन्न भए पनि अहिले बोरिङमा पानी नै आउन छाडेको छ । “पहिले केही घण्टा चलाउँदा पुग्ने पानी आउँथ्यो”, उहाँले भन्नुभयो, “अहिले घण्टौँ मोटर चलाउँदा पनि खेतमा पानी पुग्दैन । यस्तो अवस्था रहिरहे धान जोगाउनै मुस्किल हुन्छ ।”

किसानको अहिलेको मुख्य समस्या केवल वर्षा नहुनु मात्र होइन, सिँचाइको बढ्दो लागत पनि हो । बोरिङ सञ्चालन गर्न डिजेल वा विद्युतको खर्च बढेकाले सबै किसानले आवश्यकताअनुसार पानी हाल्न सकेका छैनन् । त्यसको प्रत्यक्ष असर धानबालीमा देखिन थालेको छ ।
खडेरीका बीच पनि कैलालीका किसान धान रोपाइँमा व्यस्त छन् । नहर, खोला तथा बोरिङबाट उपलब्ध सीमित पानीको भरमा उनीहरूले रोपाइँ गरिरहेका छन् । घोडाघोडी नगरपालिका–३ का किसान भीम चौधरीका अनुसार वर्षा नहुँदा रोपाइँ गर्न कठिन भए पनि धेरै दिनअघि राखिएको धानको बिउ छिप्पिन थालेकाले बाध्य भएर रोपाइँ गर्नुपरेको हो ।

“बीउ राखेको धेरै समय भइसक्यो, अब झन् ढिलो ग¥यौँ भने बीउ बिग्रिन्छ,” उहाँले भन्नुभयो, “त्यसैले महँगो खर्च गरेर भए पनि बोरिङ र नहरको पानीको भरमा रोपाइँ गरिरहेका छौँ । अब समयमै पानी परे मात्रै बाली जोगिन्छ ।”

स्थानीय किसान समयमै पर्याप्त वर्षा भए अझै पनि धान जोगाउन सकिने आशामा छन् । अहिले कैलालीका किसानको एउटै अपेक्षा छ । समयमै पर्याप्त वर्षा होस् र खेतमा रोपिएका धानका बिरुवाले फेरि हरियाली फर्काउन सकुन् ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लामा यहाँ वार्षिक करिब ६३ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । त्यसमध्ये करिब तीन प्रतिशत क्षेत्रफलमा चैते धान खेती गरिन्छ । यस वर्ष पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले सिँचाइका वैकल्पिक स्रोतको भरमा रोपाइँ गरिरहेका छन् भने रोपाइँ सम्पन्न भएका खेतमा पनि धानका बिरुवा सुक्न थालेपछि किसानको चिन्ता बढ्दै गएको छ ।

शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
झटारो : भाइरल बडका भलमन्सा !
विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त
राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने
सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

भर्खरै

  • १.
    बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    झटारो : भाइरल बडका भलमन्सा !

  • ४.
    विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

  • ५.
    राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ६.
    सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

  • ७.
    राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

  • ८.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.