• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण, सम्झनालाई चिरस्थायी बनाउने प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

विश्‍व घटना : आफ्नै स्पेस स्टेसन पुगे चिनियाँ अन्तरिक्ष यात्री


    Avatar photo
बुधबार, असार ०३, २०८३ मा प्रकाशित

काठमाडौं- आज १७ जुन। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९४०- बाल्टिक क्षेत्रका ३ मुलुक सोभियत संघको कब्जामा

सन् १९४० मा आजकै दिन बाल्टिक क्षेत्रका तीनवटा मुलुकमाथि तत्कालीन सोभियत संघले कब्जा गरेको थियो। संसारको ध्यान फ्रान्सको राजधानी पेरिसमाथि जर्मनीको आक्रमणमा केन्द्रित रहँदा सोभियत संघले इस्टोनिया, लाटभिया र लिथुवानियामाथि कब्जा गरेको थियो।

– सन् १९४४- आइसल्यान्डलाई स्वतन्त्र गणतन्त्र घोषणा

सन् १९४४ मा आजकै दिन आइसल्यान्डलाई स्वतन्त्र गणतन्त्र घोषणा गरिएको थियो। नर्डिक क्षेत्रको उक्त टापु मुलुक त्यसअघि नर्वेजियन र डेनिस राजतन्त्रमा सामेल थियो। गणतन्त्र घोषणासँगै स्भेइन ब्यार्नसन पहिलो राष्‍ट्रपति बनेका थिए।

– सन् १९७२- वाटरगेट काण्डमा जोडिएका ५ ह्वाइटहाउस अधिकारी पक्राउ

सन् १९७२ मा आजकै दिन वाटरगेट काण्डमा जोडिएका ह्वाइटहाउसका ५ जना अधिकारी पक्राउ परेका थिए। त्यससँगै वाटरगेट काण्डको अनुसन्धान अगाडि बढेको थियो। उनीहरू वाटरगेट कार्यालय परिसरमा डेमोक्रेटिक नेसनल कमिटीको मुख्यालयमा वायरटेप गर्ने कोशिस गर्दागर्दै समातिएका थिए। उक्त भ्रष्‍टाचार काण्डमा मुछिएका तत्कालीन अमेरिकी राष्‍‍ट्रपति रिचर्ड निक्सनले अन्ततः राजीनामा दिनुपरेको थियो।

– सन् १८८५- ‘स्ट्याचु अफ लिबर्टी’लाई न्युयोर्कमा भव्य स्वागत

अमेरिकाको एक सिम्बोल बनेको ‘स्ट्याचु अफ लिबर्टी’लाई आजकै दिन न्युयोर्क पुर्‍याइएको थियो। न्युयोर्कवासीले त्यसलाई भव्य स्वागत गरेका थिए। उक्त स्ट्याचु फ्रान्सका नागरिकले अमेरिकाले मायाको चिनोका रूपमा हस्तान्तरण गरेका थिए।

– सन् २०१७- पोर्चुगलको डढेलोमा मारिए ६२

सन् २०१७ मा आजकै दिन पोर्चुगलमा डढेलोमा परी ६२ जनाले ज्यान गुमाएका थिए। १५६ ठाउँमा लागेको डढेलो निभाउन १ हजार ६०० भन्दा धेरै फायर फाइटर परिचालन गर्नुपरेको थियो।

– सन् २०२१- नयाँ स्पेस स्टेसनमा पुगे चिनियाँ अन्तरिक्ष यात्री

सन् २०२१ मा आजकै दिन चिनियाँ ३ अन्तरिक्ष यात्रीहरू साढे ६ घण्टापछि अन्तरिक्ष स्टेसनमा पुगेका थिए। त्यसका लागि चीनले आफ्नै सेन्झोउ-१२ अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो। त्यसमा सवार अन्तरिक्ष यात्रीहरू चीनकै नयाँ अन्तरिक्ष स्टेसन तियाङगोङमा प्रवेश गरेका थिए।

– सन् २०२५- मानवीय सहायता लिन लामबद्ध प्यालिस्टिनीहरूमाथि इजरायलको बर्बर आक्रमण

सन् २०२५ मा आजकै दिन मानवीय सहायता लिन लामबद्ध प्यालिस्टिनीहरूमाथि इजरायलले बर्बर आक्रमण गरेको थियो। त्यसमा परी ५९ जना निहत्था सर्वसाधारणले ज्यान गुमाएका थिए। गाजामा गरिएको उक्त बर्बर आक्रमणको संसारभर आलोचना भएको थियो।

बुधबार, असार ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते
चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु
सुनचाँदीको मूल्य घट्यो

भर्खरै

  • १.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • २.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ३.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ४.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ५.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

  • ६.
    सुनचाँदीको मूल्य घट्यो

  • ७.
    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

  • ८.
    गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण, सम्झनालाई चिरस्थायी बनाउने प्रयास

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.