भरतपुर- चितवनको भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालले ३७ सय ५७ मतको अग्रता कायम राखेकी छन्।
Advertisement
६३ हजार मतगणना गर्दा रेनुको पोल्टामा २४ हजार १०७ मत पाएकी छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २० हजार ३५० मत पाएका छन्। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ अजार ७१५ मत प्राप्त गरेका छन्।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार २७१ मत पाएका छन्। उनकी प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङ १५ हजार ९५० मत पाएर पछ्याइरहेकी छन्। भरतपुरमा अहिले १३ र १४ नम्बर वडाको मतगणना भइरहेको छ।