झापा बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी बनेको छ।
Advertisement
प्रमुखमा पवित्रा महतारा र उपप्रमुखमा नगेन्द्र संग्रौला विजयी बनेका छन्। महताराले कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरे। उनले १६ हजार ५२० मत प्राप्त गरेका छन् भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ।
उपप्रमुखमा संग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बनेकी हुन्। उनका निकटम प्रतिस्पर्धी सीपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गरेका छन्।
यसअघिको कार्यकाल बिर्तामोडको उपप्रमुख रहेकी महतारा झापामा नगर प्रमुखमा निर्वाचित हुने पहिलो महिला बनेकी छन्।