वीरगञ्ज : पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन। गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकै बबिता सिंह निर्वाचित भएका हुन।
Advertisement
अध्यक्षमा निर्वाचित यादवले पाँच हजार ७४९ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार महम्मदसलिम मन्सुरले भने तीन हजार ९२६ मत प्राप्त गरे।
यसैगरी गाउँपालिका उपाध्यक्षमा सिंहले पाँच हजार ५३१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार मीरादेवी कुर्मीले तीन हजार ३४५ मत प्राप्त गरे।