• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

विश्‍व घटना : भुटानमा वृक्षरोपणको विश्‍व रेकर्ड


    Avatar photo
मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित

काठमाडौं- आज २ जुन। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनको सम्झना दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९५३- एलिजाबेथ द्वितीयाको राज्यारोहण

बेलायतकी महारानी स्वर्गीय एलिजाबेथ द्वितीयाको आजकै दिन राज्यारोहण भएको थियो। उनको राज्यारोहण समारोहलाई पहिलोपटक टेलिभिजनमा देखाइएको थियो। यो टेलिभिजनमा देखाइएको पहिलो अन्तर्राष्‍ट्रीय समारोह थियो। उनको राज्यारोहणको १६ महिनाअघि उनका पिता राजा जर्ज चौथोको मृत्यु भएको थियो। ८ सेप्टेम्बर २०२२ मा ९६ वर्षको उमेरमा उनको निधन भएपछि हाल उनका छोरा चार्ल्स तृतीय बेलायतका राजा छन्।

– सन् १९७९- कम्युनिस्ट देशमा पोपको पहिलो भ्रमण

पोप जोन पल द्वितीयले सन् १९७९ मा आजकै दिन कम्युनिस्ट शासन रहेको मुलुक पोल्यान्डको भ्रमण गरेका थिए। भ्याटिकनका पोप कुनै कम्युनिस्ट मुलुकको भ्रमणमा निस्केको यो पहिलोपटक थियो।

– सन् १९९९- भुटानमा पहिलोपटक टेलिभिजन

सन् १९९९ मा आजकै दिन भुटानमा पहिलोपटक टेलिभिजन प्रसारण भएको थियो। त्यहाँको सरकारी ब्रोडकास्टिङ सेवाले पहिलोपटक टेलिभिजन सेवा शुरु गरेको थियो।

– सन् २०१५- भुटानमा वृक्षरोपणको विश्‍व रेकर्ड

सन् २०१५ मा आजकै दिन एक घण्टाभित्र ४९ हजार ६७२ वटा बिरुवा रोपेर वृक्ष रोपणको विश्‍व रेकर्ड कायम गरिएको थियो। त्यसका लागि भुटानभर १०० स्वयंसेवक खटाइएको थियो।

– सन् २०२०- बेलायत ५० हजार र ब्राजिलमा ३१ हजार मारिए कोभिडबाट

सन् २०२० मा एकै दिनमा बेलायतमा ५० हजार ३२ र ब्राजिलमा ३१ हजार १९९ जनाले कोभिड-१९ महामारीका कारण ज्यान गुमाएका थिए। यो त्यतिबेलाको सर्वाधिक मृत्यु थियो।

– २०२३- ३ रेल जुध्दा भारतमा मारिए २८८

सन् २०२३ मा आजकै दिन भारतको उडिसा राज्यमा तीनवटा यात्रीवाहक रेल आपसमा जुध्दा २८८ जनाको ज्यान गएको थियो। घटनामा १ हजारभन्दा बढी घाइते भएका थिए। उक्त घटना उडिसाको बालासोर जिल्लामा भएको थियो।

– सन् २०२४- चन्द्रमाको दुर्गममा चिनियाँ यान

सन् २०२४ मा आजकै दिन चन्द्रमाको दुर्गम स्थानमा चीनले पठाएको अन्तरिक्ष यान अवतरण भएको थियो। ‘चेन्ज-६’ नामक उक्त यान चन्द्रमाको ढुंगा संकलन र विश्लेषणका लागि पठाइएको हो।

मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !
राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम
स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

  • ३.
    राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ४.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • ५.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ६.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ७.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ८.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.