– सन् १८७९- विश्वको पहिलो विद्युतीय लोकोमोटिभ
सन् १८७९ मै विश्वको पहिलो विद्युतीय लोकोमोटिभ इन्जिन आविष्कार भएको थियो। त्यसको आविष्कारको श्रेय जर्मनीका इन्जिनियर वेर्नर भोन सिमेन्सालाई जान्छ। उनले आविष्कार गरेको पहिलो विद्युतीय ट्राम जर्मनीको बर्लिनमा प्रदर्शन गरिएको थियो।
– सन् १९६१- दक्षिण अफ्रिकालाई स्वतन्त्रता
सन् १९६१ मा आजकै दिन दक्षिण अफ्रिकालाई स्वतन्त्रता प्राप्त भएको थियो। तर, स्वतन्त्रतालगत्तै शुरु भएको रंगभेदी शासनका कारण दक्षिण अफ्रिका संसारभर आलोचित रह्यो। र, सन् १९९० को दशकको शुरुमा श्वेतहरूको शासन अन्त्य भएपछि मात्र दक्षिण अफ्रिका लोकतान्त्रिक मुलुक बन्यो।
– सन् २०१३- अमेरिकामा शक्तिशाली तुफान
सन् २०१३ मा आजकै दिन अमेरिकाको ओक्लोहोमा राज्यमा शक्तिशाली समुद्री तुफान एल निनोले क्षति पुर्याएको थियो। ४.२ किलोमिटर फराकिलो त्यस तुफानले ९ जनाको ज्यान लिएको थियो। खासगरी, ग्रामीण भेगमा त्यसको ठूलो असर देखिएको थियो।
– सन् २०१७- केन्यामा हाइस्पिड ट्रेन
अफ्रिकाको गरिब मुलुक केन्यामा हाइस्पिड रेलमार्ग सञ्चालनमा आएको थियो। मोम्बासाबाट राजधानी शहर नैरोबी जोड्ने उक्त रेलमार्गलाई मदारका एक्सप्रेस नाम दिइएको छ। चीनको सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो। केन्याका तत्कालीन राष्ट्रपति उहुरु केन्याटाले रेलमार्ग उदघाटन गरेका थिए।
– सन् २०१८- जिनेदिन जिदानेको राजीनामा
सन् २०१८ मा आजकै दिन जिनेदिन जिदानेले रियल मड्रिडको म्यानेजरबाट राजीनामा दिएका थिए। च्याम्पियन्स लिगमा तीनवटा उपाधि जितेपछि उनले राजीनामा घोषणा गरेका थिए।
– सन् २०१९- भर्जिनियामा मारिए १२ जना
सन् २०१९ मा आजकै दिन अमेरिकाको भर्जिनियास्थित नगरपालिका भवनमा गोली हानी १२ जनाको हत्या गरिएको थियो। एक असन्तुष्ट कर्मचारीले चलाएको गोलीबाट उक्त हताहती भएको थियो। नगरपालिका भवन भर्जिनिया बिचमा अवस्थित छ।
– सन् २०२१- चीनमा ३ बच्चा जन्माउन पाइने नीति
सन् २०२१ मा आजकै दिन चीनमा तीन बच्चा जन्माउन पाइने नीति घोषणा गरिएको थियो। सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीले तीव्र गतिमा घट्दो जन्मदरलाई सन्तुलनमा ल्याउन उक्त घोषणा गरेको थियो। लामो समय चीन एक बच्चा नीतिमा थियो। सोही कारण जन्मदर ह्वात्तै ओरालो लागेको थियो।
– सन् २०२२- ३४ सय वर्ष पुरानो शहरको अवशेष
सन् २०२२ मा आजकै दिन इराकको टिगरिस नदीको बहाव क्षेत्रमा ३ हजार ४०० वर्ष पुरानो शहरको अवशेष फेला परेको थियो। सुक्खाका कारण सुकेको नदी क्षेत्रमा गरिएको उत्खननमा मित्तानी साम्राज्यको हिस्सा फेला परेको हो।
– सन् २०२३- अमेरिकी कलाकार बलात्कारमा दोषी
सन् २०२३ मा आजकै दिन अमेरिकी कलाकार डेनी मास्टरसनलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेको थियो। उनीविरुद्ध दायर तीनमध्ये दुई मुद्दामा मास्टरसन दोषी ठहर भएका थिए।
– सन् २०२३- अमेरिकामा निस्किए अर्बौं झ्याउँकिरी
सन् २०२३ मा आजकै दिन अमेरिकाका विभिन्न क्षेत्रमा एक साथ अर्बौं झ्याउँकिरी निस्किएका थिए। २२१ वर्षपछि पहिलोपटक यस्तो घटना भएको थियो। यसलाई अनौठो प्राकृतिक घटना मानिएको थियो।