वृष- नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ। पठनपाठनमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ।
मिथुन- खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार र उद्योगतर्फ लगानी बढाउने समय छ। स्वास्थ्यमा कमजोरी देखिए पनि अध्ययनमा ध्यान केन्द्रित हुनेछ। प्रयत्न गर्दा विदेश यात्राको अवसर जुट्न सक्छ।
कर्कट- चोटपटकको योग देखिएकाले सवारीसाधन र हतियार उपयोग गर्दा सचेत रहनु होला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ।
सिंह- आफन्तजनको सहयोगले विशेष फाइदा होला। नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ। खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नु होला। बलजफ्तीले काम बिग्रन सक्छ।
कन्या- भौतिक साधन जुटाउन सकिनेछ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ।
तुला- नयाँ व्यापार-व्यवसाय विस्तार हुनेछ। आध्यात्मिक कार्यमा खर्च गरिनेछ। अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ। दिगो आम्दानी हुने काम शुरु गर्ने मौका छ।
वृश्चिक- सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ।
धनु- सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नु होला। परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन्। बोलीकै भरमा काम सम्पादन गर्ने समय छ। प्रेम र मित्रताको गाँठो कसिन सक्छ।
मकर- व्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ। नयाँ कार्ययोजना बन्ने र नयाँ कामको शुरुवात हुनेछ। काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ।
कुम्भ- वैदेशिक व्यापार सन्तोषजनक रहने छ। खर्च बढ्ने र कामकाजमा अवरोध हुनेछ। हिम्मतले काम लिने समय छ। पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ।
मीन- महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ। पढाइमा रुचि बढ्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।