• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

अमेरिका-इरान : एकअर्कामाथि युद्धविराम उल्लङ्घन आरोप


    Avatar photo
बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित

मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त राज्य अमेरिका र इरानले एकअर्कालाई जारी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्।

Advertisement

पछिल्लो आरोप प्रत्यारोप अमेरिका र इरानबीच अप्रिल ८ मा युद्धविराम सुरु भएपछिको सबैभन्दा गम्भीर आरोप हो । यसले युद्ध अन्त्यका लागि जारी वार्ता प्रयासलाई प्रभावित पारेको छ ।

अमेरिकी सहयोगी कुवेतले इरानले तनाबलाई ‘खतरनाक वृद्धि’ तर्फ धकेलेको आरोप लगाएको छ । इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरुत नजिकै आक्रमण बढाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ । बिना अनुमति स्ट्रेट अफ हर्मुज पार गर्न खोज्ने चारवटा जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आइआरआइबीले बिहीबार जनाएको छ ।

इरानले युद्ध सुरु भएदेखि अर्थात् फेब्रुअरी २८ देखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ । अमेरिकी सेनाले भनेको छ- आफ्नो समूहले हर्मुज र वरपरका पाँचवटा ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिणी बन्दरगाह क्षेत्रको भू–नियन्त्रित स्टेशनबाट छैटौँ आक्रमणलाई रोकेको थियो। बन्दर अब्बासमा भएको आक्रमणले इरानलाई ‘आक्रमणको स्रोतको रूपमा रहेको अमेरिकी सैन्य हवाई अड्डा’लाई निशाना बनाउन प्रेरित गरेको इरानको रिभोलुसनरी गाड्र्सलाई उद्धृत गर्दै आइआरआइबीले लेखेको छ ।

गाड्र्सले सैन्य आधार कहाँ छ भनेर स्पष्ट पारेको छैन, तर अमेरिकी सेनालाई आफ्नो भूमिमा शिविर राख्न दिएको कुवेतले आफ्नो हवाई प्रतिरक्षाले आक्रमणको जवाफ दिएको बताएको छ। कुबेतको विदेश मन्त्रालयले पछि ‘कुवेतको भूमिलाई लक्षित गरी मिसाइल र ड्रोनद्वारा गरिएको आपराधिक आक्रमणको निन्दा गर्दै यसले खाडी क्षेत्रमा खतरनाक द्वन्द्वको वृद्धि गरेको बताएको थियो। अमेरिकी सेन्ट्रल कमान्डले इरानी आक्रमणलाई ‘युद्धविराम उल्लङ्घन’ भनेको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले तेहरानले ‘आफ्नो राष्ट्रिय सम्प्रभुताको रक्षाका लागि सबै आवश्यक उपायहरू अवलम्बन गर्ने’ बताउनुभएको छ। अमेरिकी अधिकारीले एएफपीसँग युद्धविरामको रक्षा गर्ने उद्देश्यले इरानमा कारबाही गरिएको बताएका थिए ।

इरानका गाड्र्सले बिहीबार थप आक्रमण भएको खण्डमा ‘कडा प्रतिक्रिया’ दिने चेतावनी दिएको छ। यस भिडन्तले द्वन्द्वलाई औपचारिक रूपमा अन्त्य गर्ने उद्देश्यका साथ भइरहेको वार्ताको अनिश्चिततालाई सङ्केत गरेको छ । यद्यपि, कुनै पनि पक्ष पूर्ण युद्धमा फर्कन उत्सुक देखिएका छैनन्।

बिहीबारको हमलाअघि इरानको राजधानीमा रहेका २७ वर्षीय सफ्टवेयर डेभलपर आमिरले युद्धविराम र सम्झौताको चर्चाका बाबजुद नयाँ लडाइँको डर सधैँ रहेको बताए । “मलाई लाग्छ, केहि पनि निश्चित छैन”, उनले भने, “सर्वसाधारणको अहिले दैनिक प्रश्न के हुने गरेको छ भने के आज राति मिसाइल आक्रमण हुनेछ?”

बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
फरार प्रतिवादी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • २.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • ३.
    फरार प्रतिवादी पक्राउ

  • ४.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ५.
    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ७.
    विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

  • ८.
    राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.