• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : देश छाडेर भागिन् हसिना

राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

‘क्यान्सर’को औषधिको कच्चा पदार्थ नेपालमा उत्पादन, विदेश निर्यात


    Avatar photo
बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित

चितवन- जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरु गरेको छ। भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो।

Advertisement

“अत्याधुनिक उपकरण जडान गरेर कच्चा पदार्थ तयार गरेर निर्यात गर्न शुरु गरेका छौँ,” उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले भने। स्वदेशी उद्यमीको संयुक्त लगानीमा एक अर्ब ३० करोड रुपैयाँमा सञ्चालनमा आएको हो।

उद्योगमा कच्चा पदार्थ र त्यसबाट बन्ने क्यान्सरका औषधिहरु उत्पादनका लागि काम भइरहेको छ। उनले भने, “क्यान्सरको औषधिको कच्चा पदार्थ उत्पादन गरी निर्यात गरेका छौँ।”

क्यान्सरको औषधि आयत हुँदै आएको छ। उद्योगले १०–१२ प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ। हाल दुई कच्चा पदार्थ उत्पादन गरिसकेको छ। लौठ सल्लोलाई प्रशोधन गरेको सहायक कच्चा पदार्थ ‘टेन ड्यब थ्री’बाट अन्य केमिकल प्रयोग गरी ‘प्याक्लिट्याक्सल’ र ‘डोसिट्याक्सल’ कच्चा पदार्थ उत्पादन गरेको उनको भनाइ छ।

हेटौँडाको बसामाडीमा रहेको इभान्स लाइफ साइन्स नामक उद्योगबाट लौठ सल्लो प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी यहाँ ल्याएर पुनः प्रशोधन गरिएको उनले जानकारी दिए। प्रशोधन गरेपछि कच्चा पदार्थ तयार हुने गर्दछ। त्यही तयारी कच्चा पदार्थ दुई किलो पाँचसयग्राम ‘सेभेन ट्रक प्याक्लिट्याक्सल’ मंगलबार भारत निर्यात गरिएको हो।

आफूहरूले उत्पादन गरेको कच्चा पदार्थ उत्पादन परीक्षण गरी अनुमति समेत प्राप्त गरिसकेको उनले बताए। कच्चा पदार्थ निर्यात गर्न भारतीय कम्पनीलाई नमूना पठाइएको र नमूना सफल भएसँगै भारतमा कच्चा पदार्थ निर्यात गरिएको उनले जानकारी दिए। यो कच्चा पदार्थ रु आठ लाखदेखि २५ लाखसम्म प्रतिकिलो मूल्य पर्छ। कच्चा पदार्थको ‘ब्रान्ड’ नाम हुँदैन।

पाकिस्तान, बङ्गलादेशलगायतका एसियाली देशहरुमा निर्यात गर्ने उद्योगको योजना छ। नेपालका ४० देखि ४५ जिल्लामा यो लौठसल्लो पाइने जनाउँदै उनले वार्षिक एक हजार ५०० टन लौठसल्लोबाट दुईदेखि तीन हजार किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने जानकारी दिए।

उद्योगमा मासिक ७० देखि ८० किलो कच्चा पदार्थ उत्पादन गर्नसक्ने क्षमता रहेको जनाइएको छ।

बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : देश छाडेर भागिन् हसिना
राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

भर्खरै

  • १.
    सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

  • २.
    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

  • ३.
    बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ४.
    विश्‍व घटना : देश छाडेर भागिन् हसिना

  • ५.
    राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ६.
    अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

  • ७.
    अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

  • ८.
    राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.