• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन खुला


    Avatar photo
बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित

सङ्खुवासभा- यहाँको मकालु वरुण राष्ट्रिय निकुञ्जले यही जेठ २५ गतेदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन खुला गर्ने जनाएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी संस्कार सुवेदीले जेठ २५ देखि एक महिनासम्म यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको बताउनुभयो ।

Advertisement

उहाँका अनुसार यहाँ निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सा पाइने गरेका छ । यार्सागुम्बा सङ्कलनका लागि निकुञ्ज कार्यालय हेदाङनागढी, हटिया सेक्टर कार्यालय भोटखोला गाउँपालिका–३, सेदुवा सेक्टर कार्यालय मकालु–२, गोला पोष्ट भोटखोला–४, ताम्कू सेक्टर कार्यालय सिलिचोङ–३, बुङ सेक्टर कार्यालय महाकुलुङ–१ बुङ, सोलुखुम्बु र छेस्काम रेञ्पोष्ट महाकुलुङ–३ सोलुखुम्बुमार्फत पुर्जी दिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

अनुमति लिएका व्यक्ति वा समूहले जेठ २५ गतेदेखि असार २५ गतेसम्म यार्सा सङ्कलन गर्न पाउने छन् । यार्सागुम्बा सङ्कलन गर्न जाँदा सङ्कलन पुर्जी, प्राथमिक उपचार सामग्री तथा औषधि, खाना पकाउन ग्यास वा स्टोभ, बस्नका लागि त्रिपाललगायत सामग्री लैजान अनुमति दिइएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । यसैगरी, यार्सागुम्बा सङ्कलनका क्रममा विष्फोटक पदार्थ, खुकुरी, चक्कु, डोरी, पासो, भाला, गुलेली, लाउड स्पिकर, ड्रमसेटजस्ता कुरा लैजान प्रतिबन्ध लगाइएको उहाँले जानकारी दिनुभयो ।

यहाँका मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका र सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत क्षेत्रमा यार्सागुम्बा पाइने गरेको छ । यार्सागुम्बा उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ । सङ्कलित यार्सागुम्बा बेचेर स्थानीयले वर्षभरिका लागि आवश्यक घरखर्च, बालबच्चा पढाउन स्रोत जुटाउने गरेका छन् ।

यार्सागुम्बा सङ्कलनका लागि निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई रु पाँच सय, मध्यवर्ती क्षेत्र बाहिरका सङ्खुवासभा र सोलुखुम्बुका लागि रु दुई हजार तथा जिल्ला बाहिरका लागि रु तीन हजार प्रवेश शुल्क तोकिएको मकालु वरुण राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जले विगतका वर्षमा यार्सागुम्बाबाट वार्षिक रु ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरिरहेको थियो । गुणस्तरका आधारमा एक नम्बरको यार्सागुम्बालाई प्रतिकेजी रु ४० लाखसम्म बिक्री हुने गरे पनि यहाँको यार्सागुम्बा प्रतिकेजी रु पाँच लाख पचास हजारदेखि साढे सात लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ । यसरी सङ्कलन गरिएको यार्सा चीनको तिब्बत तथा काठमाडौँतर्फ बढी निकासी हुने गरेको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बुको एक हजार ५०० वर्गकिलोमिटरमा फैलिएको छ ।

बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
फरार प्रतिवादी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

भर्खरै

  • १.
    झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

  • २.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • ३.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • ४.
    फरार प्रतिवादी पक्राउ

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.