मेष- नयाँ कामको शुरुवात खासै राम्रो छैन। मनमा द्विविधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ। स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ। आर्थिक लाभ हुनेछ।
वृष- वैवाहिक जीवन सुखी रहनेछ। घरमा भने पाहुनाले सताउलान्। विभिन्न सहयोग र उपहार पाइनेछ। यात्राको पनि योग छ। काम बन्नाले मन रमाउने छ।
मिथुन- व्यापारिक वा दैनिक काम सन्तोषजनक रहने छन्। विदेशबाट पैसा पनि प्राप्त होला। मिष्ठान्न भोजनको अवसर आउने छ। मित्रजनसँग पनि भेटघाट होला।
कर्कट- भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। सवारीसाधन चलाउदा विचार पुर्याउनु होला। अनावश्यक झमेलामा परिएला। यात्राको क्रममा सावधान रहनु होला।
सिंह- आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ। दिन रमाइलै छ। ठूला व्यक्तिसँग भेटघाट हुन सक्छ। अन्नलाभ होला।
कन्या- आज धनलाभको योग छ। नया साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग छ। थप काम गर्ने हौसला मिल्नेछ। यात्राको सम्भावना छ।
तुला- नयाँ काम पाउने र धन मनग्य कमाउने अवसर मिल्नेछ। कृषिको कामबाट विशेष लाभ होला। घरमा पाहुनाले सताउन सक्छन्। रमाइलो यात्राको पनि योग छ।
वृश्चिक- व्यर्थ खर्च होला। स्वास्थ्यमा गडबडीकोे सम्भावना छ। सानातिना काममै महत्त्वपूर्ण समय बित्नेछ। सहयोगीहरूको साथ पाउँदा पनि काम पूरा नहुने समय छ।
धनु- ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्। तथापि, काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। मन हर्षित रहला।
मकर- खर्चभन्दा कमाइ नै बढी हुनेछ। धन आर्जनका नयाँ बाटा खुल्नेछन्। परिवारजनका इच्छा पूरा गर्न सकिनेछ। पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्ने छ।
कुम्भ- काम सजिलैसँग बन्नेछन्। इच्छाशक्ति पनि बढ्नेछ। विपरीत लिंगीबाट सहयोग प्राप्त हुनेछ। आर्थिक उपार्जन हुने योग छ। पारिवारिक सुख मिल्नेछ।
मीन- वादविवादको सामना गर्नुपर्ला। पेशागत समस्या देखिन सक्छ। शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ।