• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

सञ्चारमन्त्री र आइटियु क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट


    Avatar photo
बुधबार, जेठ १३, २०८३ मा प्रकाशित

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन–आइटियु) को दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोरबाबु येराबल्लाबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

Advertisement

भेटवार्ताका क्रममा नेपालको डिजिटल प्राथमिकता, समावेशी ‘कनेक्टिभिटी’, दीगो र पहुँचयोग्य सूचना प्रविधि विकासलगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा आइटियुका प्रतिनिधि येराबल्लाले नेपालले अघि सारेको डिजिटल रूपान्तरण अभियानलाई प्राविधिक, नीतिगत तथा संस्थागत सहयोगमार्फत सुदृढ बनाउन आइटियुले सहकार्य तथा सहयोग गर्न चाहेको बताउनुभयो ।

विशेषगरी डिजिटल पूर्वाधार विस्तार, क्षमता अभिवृद्धि, कानुनी तथा नियामक सुधार र ग्रामीण क्षेत्रमा डिजिटल पहुँच विस्तारमा सहकार्य गर्न सकिने उहाँको भनाइ थियो ।

भेटवार्ताका अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालले डिजिटल पूर्वाधार विकासलाई सामाजिक समावेशीकरणसँग जोडर अघि बढाइरहेको र डिजिटल विभाजन अन्त्य गर्नेगरी काम गरिरहेको बताउनुभयो ।

दुर्गम तथा जटिल भौगोलिक संरचना भएको नेपालमा सर्वसुलभ डिजिटल पहुँच विस्तार चुनौतीपूर्ण भए पनि सरकारले त्यसलाई दीर्घकालीन रणनीतिक लक्ष्यका रूपमा अघि बढाइरहेको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तरराष्ट्रिय साझेदार संस्थासँग सहकार्य गर्न सरकार तयार रहेको स्पष्ट गर्नुभयो ।

“डिजिटल रूपान्तरण नेपालको प्रमुख प्राथमिकताको विषय हो । विशेषगरी डिजिटल विभाजन हटाउने, दुर्गम क्षेत्रमा ‘कनेक्टिभिटी’ विस्तार गर्ने र समग्र डिजिटल पूर्वाधार क्षेत्र सुधार गर्ने दिशामा सरकार केन्द्रित छ”, उहाँले भन्नुभयो ।

भेटवार्ताका क्रममा सूचना प्रविधि क्षेत्रका लागि समय सुहाउँदो नीतिनिर्माण तथा नियामक संरचना सुदृढीकरण, प्रभावकारी ‘स्पेक्ट्रम’ व्यवस्थापन, डिजिटल समावेशीकरण तथा ग्रामीण कनेक्टिभिटीलगायत विषयमा पनि छलफल भएको थियो ।

नेपालले पछिल्लो समय डिजिटल अर्थतन्त्र विस्तार, ई–गभर्नेन्स, अनलाइन सार्वजनिक सेवा, साइबर सुरक्षा तथा डिजिटल साक्षरताजस्ता विषयलाई विकास नीतिको केन्द्रमा राख्दै आएको छ । त्यसका लागि दूरसञ्चार ऐनलगायत विद्यमान कानुनी संरचनाको संशोधन, ‘डिजिटल हाइवे’ अवधारणाको निर्माण तथा कार्यान्वयन, स्मार्ट गाउँ कार्यक्रम, क्षमता विकास, डिजिटल सीप अभिवृद्धि र सूचना प्रविधिमा आधारित पूर्वाधार निर्माणका क्षेत्रमा सहकार्यको सम्भावनाबारे पनि छलफल भएको थियो ।

बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
फरार प्रतिवादी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

भर्खरै

  • १.
    झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

  • २.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • ३.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • ४.
    फरार प्रतिवादी पक्राउ

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.