• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

नासाको चन्द्र आधार योजना अघि बढ्यो


    Avatar photo
बुधबार, जेठ १३, २०८३ मा प्रकाशित

फ्लोरिडा- नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्वजनिक गर्दै चार अमेरिकी कम्पनीलाई सयौँ करोड डलरका ठेक्का प्रदान गरेको छ ।

Advertisement

अमेरिकी अन्तरिक्ष एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको योजनाअनुसार चन्द्र आधार विकासको प्रारम्भिक चरणमा चन्द्र सतहमा ल्यान्डर, रोभर र ड्रोन जस्ता उपकरणहरू पठाइनेछ, जसले भविष्यको मानव बसोबास र अनुसन्धानका लागि आधार तयार गर्नेछ ।

जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनले चन्द्रमाको दक्षिणी ध्रुव नजिक ल्यान्डर उपलब्ध गराउनेछ, जसले चन्द्र सतहमा रोभरहरू पुर्‍याउने काम गर्नेछ । ती चन्द्र भू–सवारी साधनहरू एस्ट्रोल्याब र लुनार आउटपोस्ट कम्पनीहरूले निर्माण गर्नेछन् । यस्तै, गत वर्ष सफल अवतरण गरिसकेको फायरफ्लाई एरोस्पेसले चन्द्रमामा पहिलो ड्रोन पठाउने जिम्मेवारी पाएको छ ।

नासाका अनुसार यी सबै उपकरणहरू सन् २०२८ को सुरुआतमा प्रस्तावित पहिलो मानव अवतरणअघि नै चन्द्रमामा पुगिसक्नुपर्नेछ, जसले आर्टेमिस कार्यक्रमको मानव मिशनलाई आधार प्रदान गर्नेछ ।

यसै क्रममा गत अप्रिलमा सम्पन्न आर्टेमिस–२ मिसनमा चार अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको परिक्रमा गर्दै ऐतिहासिक यात्रा गरेका थिए । यसलाई अपोलो युगपछिको सबैभन्दा गहिरो अन्तरिक्ष यात्रा मानिएको छ । आगामी आर्टेमिस–३ मिसनमा अन्तरिक्ष यात्रीहरूले चन्द्र कक्षामा अभ्यास गर्ने योजना रहेको छ, जहाँ ब्लू ओरिजिन र एलन मस्कको स्पेसएक्सले विकास गरिरहेका ल्यान्डरहरूसँग डकिङ अभ्यास गरिनेछ ।

नासाले सन् २०२७ को मध्यतिर आर्टेमिस–३ मिसन सञ्चालन गर्ने लक्ष्य राखेको छ भने सन् २०२८ सम्ममा चन्द्रमामा मानव अवतरण गराउने योजना अघि बढाएको छ । त्यसपछि सन् २०२९ देखि सन् २०३० को बीचमा चन्द्र आधारको दोस्रो चरण सुरु हुनेछ, जसमा पावर ग्रिडसहित प्रारम्भिक स्थायी पूर्वाधार निर्माण गरिनेछ । सन् २०३० को दशकमा तेस्रो चरणमा पुगेर दीर्घकालीन बसोबासका लागि आवास संरचना तयार गर्ने लक्ष्य राखिएको छ ।

नासाको चन्द्र आधार कार्यक्रमका कार्यकारी कार्लोस गार्सिया–गालानले भविष्यको संरचना सयौँ वर्गमाइल क्षेत्रमा फैलिने र ड्रोनहरूद्वारा यसको सीमाना चिह्न लगाइने बताउनुभयो । ती ड्रोनहरूलाई ‘मुनफल’ नाम दिइनेछ, जसले चन्द्र आधारको परिधि निर्धारण गर्नेछ ।

नासाका प्रशासक जारेड आइज्याकम्यानले यस प्रणालीलाई अन्य अन्तरिक्ष मिशनहरूसँग समन्वयमा राखिने र अन्तर्राष्ट्रिय अन्तरिक्ष यान तथा उपकरणहरूको सम्मान गर्दै सञ्चालन गरिने बताउनुभयो । उहाँले यस विषयमा पारस्परिक सहकार्य अपेक्षित रहेको पनि उल्लेख गर्नुभयो ।

उहाँका अनुसार चन्द्र आधार केवल अनुसन्धानका लागि मात्र नभई भविष्यको मङ्गल अभियानको आधार निर्माण, वैज्ञानिक अनुसन्धान विस्तार र चन्द्र अर्थतन्त्रको विकासका लागि महत्त्वपूर्ण हुनेछ ।

“धैर्यपूर्वक प्रतीक्षा गरिरहेकाहरूका लागि यो भव्य पुनरागमन हो र हामी सुस्त हुने छैनौँ”, नासाका प्रशासक आइज्याकम्यानले भन्नुभयो, “हामी त अहिले मात्र सुरु गर्दैछौँ ।”

बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
फरार प्रतिवादी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

भर्खरै

  • १.
    झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

  • २.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • ३.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • ४.
    फरार प्रतिवादी पक्राउ

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.