काठमाडौँ । काठमाडौँ महानगरपालिकामा गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मत गणना अझै जारी छ । अहिले वडा नम्बर २५, २६ र २७ को मतगणना भइरहेको छ ।
Advertisement
यी ३ वडामा कूल १४९२ भोटको गणना सकिएको छ । जसमा ४५१ मत ल्याएर नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित अग्र स्थानमा छन् ।
दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंह रहेकी छन् । उनले ३३१ भोट ल्याएकी छन् । यस्तै, अन्य वडामा अग्र स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन शाह तेस्रो स्थानमा रहेका छन् । उनले यी तीन वडामा २६६ भोट ल्याएका छन् ।