काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि रहेका छन् । उनले ठूलो राजनीतिक दलका उम्मेदवारलाई ठूलो मत अन्तरले पछाडि पारेका छन् ।
पछिल्लो मत परिणामअनुसार बालेनले २७ हजार ९६७ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ७८२ मत पाएका छन् ।
काठमाडौमा लौरो चुनाव चिन्हमा उम्मेदवारी दिएका बालेनले आफ्नो मतान्तर बढाइरहँदा धरान उपमहानगरपालिकाको मेयरमा पनि लौरो चुनाव चिन्हले ठूला राजनीतिक दललाई पछाडि पारेको छ ।
कूल ३९ हजार मत गनिसक्दा लौरो चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ११ हजारभन्दा बढी मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राई ९ हजार ८३० मत पाएका छन् । उनीहरूबीच एक हजार ५०९ मतान्तर रहेको छ ।
एमालेका मेयर उम्मेदवार मञ्जु भण्डारी ८ हजार ७१ मत मात्रै पाएका छन् ।
उपमेयरमा भने गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाले ११ हजार ४२१ मत पाएका छन् । उनलाई नेकपा एमालेका पदम लिम्बुले १० हजार ९५८ मतका साथ पछ्याइरहेका छन् ।