ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बर मतले लिड गरिरहेका छन्।
Advertisement
महानगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म ३२ हजार ८१९ मतगणना गरिएको छ। पछिल्लो गणनाअनुसार महर्जनले १७ हजार २१० मत ल्याएका छन्। दोस्रोमा एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले नौ हजार ६८८ मत पाएका छन्।
उपप्रमुखमा एमालेकी मञ्जली शाक्य नौ हजार ४७९ मतसहित अगाडि छिन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले ६ हजार ९०३ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।