भरतपुर महानगरपालिकामा ४० हजार ९६३ मतगणना सकिँदा मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तरसँगै मत प्रतिशत पनि बढाएकी छन् ।
Advertisement
उनले हालसम्म गणना भएको मतको ३८ प्रतिशत हासिल गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीलाई ३० प्रतिशत मत आएको छ ।
२० हजार मतगणना सकिँदा रेनुको मत ३३ प्रतिशत मात्र थियो । त्यतिबेला एमालेका सुवेदीलाई ३२ प्रतिशत मत प्राप्त भएको थियो । कांग्रेसबाट विद्रोही उम्मेदवार बनेका जगन्नाथ पौडेलले करिब १५ प्रतिशत मत पाएका छन् ।