गृहमन्त्री बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।
Advertisement
बिहीबार बिहान खुमलटार पुगेर उनीहरूले प्रचण्डलाई भेटेका हुन्। समसामयिक राजनीतिबारे भेटवार्ता केन्द्रित थियो। सरकारले संसदमा पेश गर्न लागेका विभिन्न विधेयकबारे पनि भेटवार्तामा छलफल गरिएको गृहमन्त्री खाणले बताएका छन्।
प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेश गर्ने विषयमा पनि भेटमा छलफल भएको छ।