धनगढी उपमहानगरका स्वतन्त्र मेयर उम्मेदवार गोपाल हमाल प्रतिस्पर्धीभन्दा सात हजार ५१ मतले अगाडि छन्।
Advertisement
उनी १३,८२३ मतसहित अग्रतामा छन्। ३० हजार ६९८ मत गणना हुँदा उनले सात हजार ५१ मतले अग्रपंक्ति कायम राखेका हुन्।
उनका प्रतिद्वन्द्वी कांग्रेसका नृप वडले ६ हजार ७७२ मत ल्याएका छन्। तेस्रोमा एमालेका रणबहादुर चन्दले तीन हजार २१७ मत पाएका छन्।