भरतपुर महानगरमा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर अझ फराकिलो बनाउँदै लगेकी छन्।
Advertisement
उनले एमालेका विजय सुवेदीसँगको मत अन्तर २१ सय ९८ पु¥याएकी छन्। रेनुले ११ हजार ७१६ पाउँदा सुवेदीले नौ हजार ५१८ मत पाएका छन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले पाँच हजार १४७ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी १३ हजार ८९१ मतसहित झण्डै दोब्बर मतान्तरमा अगाडि छन्। उनकी प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले सात हजार ७२८ मत पाएकी छन्।