चितवन भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालले प्रतिस्पर्धीभन्दा झण्डै १९ सय मतान्तर बनाएकी छन्।
Advertisement
हालसम्म २९ हजार ४७ मतगणना भइसक्दा रेनुले एमालेका विजय सुवेदीलाई एक हजार ८८३ मतान्तरले पछाडि पारेकी हुन्।
भरतपुरका १ देखि ६ नम्बर वडाको मत गणना भइसकेको छ। अहिले ७ नम्बर वडाको गणना भइरहेको छ। सबैगरी २९ हजार ४७ मत गणना भएको हो।
त्यसमा रेनुले १० हजार ६३७ मत हासिल गरेकी छन्। उनलाई फराकिलो अन्तरसाथ पछ्याउँदै एमालेका सुवेदीले आठ हजार ७५४ मत पाएका छन्। तेस्रो स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ७९० मत प्राप्त गरेका छन्।
यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १२ हजार ७१७ मतसहित पाँच हजार ६०४ मतान्तरले अग्रता लिएका छन्। उनकी प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले सात हजार ११३ मत पाएकी छन्।