• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

विश्‍व घटना : म्यानमार भूकम्पले लियो ४४ सयको ज्यान


    Avatar photo
शनिबार, चैत १४, २०८२ मा प्रकाशित

काठमाडौं- आज २८ मार्च। विश्‍व इतिहासका अनेकन घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, विश्‍व चर्चित केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९१०- पहिलो सामुद्रिक हवाई जहाजको उडान

सन् १९१० मा आजकै दिन विश्‍वको पहिलो सामुद्रिक हवाई जहाजले पहिलो उडान भरेको थियो। फ्रान्सका हेनरी फाब्रेले उक्त ‘फ्लोट प्लेन’ निर्माण गरेका थिए। उक्त जहाज समुद्रमै अवतरण गर्न सक्थ्यो। उक्त पहिलो उडानमा उक्त जहाज ४५७ मिटर उडेको थियो।

– सन् १९३०- कन्स्टान्टिनोपोलको नाम बदलेर इस्तानबुल

सन् १९३० मा आजकै दिन आधुनिक इस्तानबुलको नामाकरण गरिएको थियो। त्यसअघि उक्त शहरको नाम कन्स्टान्टिनोपोल थियो। कन्स्टान्टिनोपोलको निर्माण ६५७ ईसा पूर्वमा बिजान्टियमका रूपमा भएको थियो। चौथो शताब्दीमा कन्स्टेन्टाइन द ग्रेटले आफ्नो राजधानीका रूपमा यसको नाम कन्स्टान्टिनोपोल राखेका थिए। र, सन् १९३० मा यसले आधुनिक इस्तानबुलको नाम पाएको हो।

– सन् १९७९- थ्री माइल टापुमा परमाणु दुर्घटना

अमेरिकाको पेन्सिलभेनियास्थित ह्यारिसबर्ग नजिकको लन्डनडेरी टाउनसिपमा सन् १९७९ मा आजकै दिन परमाणु ऊर्जा संयन्त्र लिक भएको थियो। यो अमेरिकाको सबैभन्दा खतरनाक व्यावसायिक परमाणु दुर्घटना थियो।

– सन् २००५- सुमात्रा भूकम्पमा मारिए १ हजारभन्दा बढी

इन्डोनेसियाको सुमात्रा टापुमा आजकै दिन गएको भूकम्पमा परी कम्तिमा ९१५ जना मारिएको सरकारी तथ्यांक सार्वजनिक भएको थियो। तथापि, मारिने संख्या १ हजारभन्दा बढी रहेको अनुमान छ। ८.७ रेक्टर स्केलको उक्त भूकम्प सन् १९६० यताको दोस्रो शक्तिशाली धक्का थियो। हिन्द महासागरमा केन्द्र भएको भूकम्पपछि आएको सुनामीले पनि क्षति पुर्‍याएको थियो।

– सन् २०१३- सुडानमा मारिए १६३ जना

सन् २०१३ मा आजकै दिन अफ्रिकी मुलुक सुडानमा १६३ जनाको ज्यान गएको थियो। सरकारी सुरक्षा फौज र लडाकु समूहबीच भएको लडाईंमा सुडानको पिबोर काउन्टीमा हताहती भएको थियो। मारिनेमा १४३ लडाकु र २० सुरक्षाकर्मी थिए।

– सन् २०१७- इराकमा मारिए १०० सर्वसाधारण

सन् २०१७ मा आजकै दिन अमेरिकाले गरेको हवाई आक्रमणमा परी इराकमा १०० भन्दा बढी सर्वसाधारण मारिएका थिए। एक बहुतले भवनमा अमेरिकी सेनाले बम खसाउँदा उक्त भवन ढलेको थियो। र, त्यसको भग्‍नावशेषमा पुरिएर त्यति ठूलो मानवीय क्षति भएको थियो।

– सन् २०१७- डाइनोसरको हालसम्मकै ठूलो पाइला प्राप्त

सन् २०१७ मा आजकै दिन डाइनोसरको हालसम्मकै ठूलो पाइला फेला परेको थियो। १.७ मिटरको उक्त पाइला अस्ट्रेलियाको पश्‍चिमी क्षेत्रस्थित किम्बर्ले इलाकामा पाइएको थियो।

– सन् २०१८- बन्दीबीच झडपमा मारिए ६८

सन् २०१८ मा आजकै दिन भेनेजुएलाको भ्यालेन्सियामा जेलभित्र बन्दीहरू बीच झडप भएको थियो। घटनामा ६८ जना मारिएका थिए भने धेरै घाइते भएका थिए। झडप अन्त्य गराउन प्रहरीले जेलभित्रै गोली चलाउनुपरेको थियो।

– सन् २०२५- म्यानमार भूकम्पले लियो ४४ सयको ज्यान

सन् २०२५ मा आजकै दिन म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी ४४ सयजनाको ज्यान गएको थियो। ७.७ रेक्टरस्केलको भूकम्प र ६.४ रेक्टरस्केलको पराकम्पनले जनधनको ठूलो क्षति गराएका थिए। भूकम्पमा परी ७ हजारभन्दा बढी घाइते भएका थिए। भूकम्पको धक्का दक्षिणपूर्वी एसियाली देशहरूमा पनि महशुस भएको थियो।

शनिबार, चैत १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.