• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

विश्‍व घटना : टिकटकका सीईओलाई अमेरिकामा केरकार


    Avatar photo
सोमबार, चैत ०९, २०८२ मा प्रकाशित

काठमाडौं- आज २३ मार्च। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८८८- विश्‍वको पहिलो फुटबल लिग

२३ मार्च १८८८ मा पहिलोपटक फुटबल लिग शुरु भएको थियो। यो विश्‍वको सबैभन्दा पुरानो प्रतियोगिता हो। सन् १८८८ को शरद ऋतुमा शुरु भएको फुटबल लिग सन् १८८९ को वसन्त ऋतुसम्म चलेको थियो।

– सन् १९३१- भगत सिंहको हत्या

सन् १९३१ मा आजकै दिन भारतका क्रान्तिकारी युवक भगत सिंहलाई तत्कालीन इस्ट इन्डिया कम्पनीको प्रहरीले गोली हानी हत्या गरेको थियो। स्वतन्त्र भारत आन्दोलनका शहीद भगत सिंहको नाम भारतमा इज्जतसाथ लिइने गर्छ।

– सन् १९३३- हिटलरलाई अधिनायकवादी शक्ति प्राप्त

२३ मार्च १९३३ मा जर्मनीका तानाशाह हिटलरलाई अधिनायकवादी शक्ति प्रदान गर्ने कानून पारित भएको थियो। त्यसबाट उनलाई संविधानको उल्लंघन गर्दै जथाभावी शक्ति प्रयोग गर्ने अधिकार प्राप्त भएको थियो।

– सन् १९५६- पाकिस्तान बन्यो विश्‍वकै पहिलो इस्लामिक गणतन्त्र

सन् १९५६ मा आजकै दिन पाकिस्तानलाई विश्‍वकै पहिलो इस्लामिक गणतन्त्र घोषणा गरिएको थियो। हालको बंगलादेशसहित त्यतिबेला इस्लामिक गणतन्त्र घोषणा गरिएको थियो। तर, सन् १९७१ मा तत्कालीन पूर्वी पाकिस्तान अर्थात् बंगलादेश स्वतन्त्र भएको थियो।

– सन् १९८०- आर्कबिसपले गरे एल साल्भाडोरमा सशस्त्र समूहलाई आह्वान

आर्कबिसप ओस्कर रोमेरोले एल साल्भाडोरका सशस्त्र समूहहरूलाई आफ्ना अनुयायीको हत्या रोक्न आह्वान गरेका थिए। तर, त्यसको भोलिपल्ट नै सशस्त्र समूहले उनको हत्या गरेको थियो।

– सन् २००१- रुसी अन्तरिक्ष यान खस्यो समुद्रमा

सन् २००१ मा आजकै दिन रुसी अन्तरिक्ष यान ‘मिर’लाई पृथ्वीमा ओरोलेर समुद्रमा खसाइएको थियो। यो यानले १५ वर्षसम्म अन्तरिक्षमा रहेर सेवा दिएको थियो।

सन् २०१९- फुलानी जातिको नरसंहार

पश्‍चिम अफ्रिकी मुलुक मालीमा आजकै दिन त्यहाँका आदिवासी फुलानी जातिको नरसंहार भएको थियो। ओगोसागोऊ नामक स्थानमा डोगोन शिकारीहरूले गरेको आक्रमणमा परी १३० जनाको हत्या भएको थियो। उक्त घटनालगत्तै माली सरकारले शिकारीहरू माथि प्रतिबन्ध लगाएको थियो।

– सन् २०१९- चीनको बीआरआईमा इटालीको प्रवेश

सन् २०१९ मा आजकै दिन इटाली पनि चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा सामेल भएको थियो। त्यससम्बन्धी सम्झौतामा चिनियाँ राष्‍ट्रपति सी जिनपिङ र इटालीका उपप्रधानमन्त्री लुइगी डी माइयोले हस्ताक्षर गरेका थिए।

– सन् २०२१- स्वेज नहरमा व्यापार अवरुद्ध

सन् २०२१ मा इजिप्‍टस्थित स्वेज नहरमा कार्गो सिप फस्दा व्यापार पूर्ण रूपमा ठप्प भएको थियो। ‘एभर गिभन’ नामक कार्गोसिप स्वेज नहरमा फसेका कारण उक्त घटना भएको थियो। उक्त पानीजहाज ४०० मिटर लामो छ। सोही कारण स्वेज नहरबाट भइरहेको सामान ढुवानी प्रभावित भएको थियो।

– सन् २०२३- टिकटकका सीईओलाई अमेरिकामा केरकार

सन् २०२३ मा आजकै दिन चिनियाँ सामाजिक सञ्‍जाल टिकटकमा प्रमुख कार्यकारी अधिकृत सु जी च्यूसँग अमेरिकी कंग्रेसमा सोधपुछ गरिएको थियो। ४ घण्टा चलेको केरकारका क्रममा चिनियाँ सुरक्षा जोखिमहरू बारे सोधिएको थियो।

 

सोमबार, चैत ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.