काठमाडौँ । काठमाडौँ महानगरको प्रारम्भिक नतिजाअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् ।
Advertisement
कूल ४२ हजार ९४८ मत गणना हुँदा बालेनले दोब्बर मतले अग्रता कायम राखेका हुन् । उनले १६ हजार ७७५ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ८ हजार ७२६ मत पाएका छन् ।
यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ८३३ मत ल्याएकी छन् ।