संखुवासभा । जिल्लाको धर्मदेवी नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार उदयचन्द्र पौडेल विजयी भएका छन् ।
Advertisement
उनले ४ हजार २८२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार थलकुमार लिङ्खाले ४ हजार १९३ मत ल्याएका थिए । पौडेल यसअघि वडा नं ५ का वडाध्यक्ष थिए ।
उपप्रमुखमा कांग्रेसकी उम्मेदवार तारा महत भट्टराई विजयी भएकी छन् । एमालेकी लक्ष्मी गिरीलाई २ सय १८ मतान्तरले पछि पार्दै उनी उपमेयरमा विजयी भएकी हुन् ।
उपप्रमुख महतले ४ हजार २३ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी गिरीले ४ हजार ५ मत ल्याएकी छन् । यसअघि धर्मदेवीको मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो ।